तीन सन्तान जन्माउने चलचित्र निर्देशकलाई १२ लाख डलर जरिवाना



jhang-yimou
ठुलोपर्दा डटकम-
चीनका एक चर्चित फिल्म निर्देशक झाङ यिमोउलाई देशको एक बच्चा नीति तोडेर तीन बच्चा जन्माएको आरोपमा सरकारले करिब १२ लाख अमेरिकी डलर जरिवाना गरेको छ ।

झाङले सन् २००८ मा भएको बेइजिङ ओलम्पिकको उद्घाटन समारोहको निर्देशन गरेका थिए । उनले पछिल्लो समय डिसेम्बरमा सरकारको एक बच्चा नीति उल्लंघन गरेको विषयमा माफी मागिसकेका थिए ।

चीनले १९७० को दशकमा देशमा तीव्ररुपमा बढेको जनसंख्यालाई रोक लगाउन एक बच्चा नीति अबलम्बन गरेको थियो । तर, उक्त नीतिमा केहीसमय अगाडी फेरबदल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu