आमालाई सम्झँदा भक्कानिइन् जल (फोटो र भिडियोसहित)



अभिनेत्री जल शाह आफ्नी आमा तथा साहित्यकार स्वर्गीय प्रेमा शाहलाई सम्झिएर भावुक भएकी छन् । बिहीवार काठमाडौंमा आमाको प्रथम स्मृती दिवसको अवसरमा आयोजित स्मृति सभामा आमाको तश्बिरमा फूल अर्पण गर्दैगर्दा उनका आँखामा आँसु रसाएका थिए ।

छोरी कलश हजुरआमालाई सम्झिएर भक्कानिएपछि जलले पनि आफूलाई सम्हाल्न सकिनन् । उनी कार्यक्रम अवधिभर भावुक मुद्रामा देखिएकी थिइन् । कार्यक्रममा विशिष्ट साहित्यकारहरुको पनि उपस्थिति रहेको थियो । स्मृति सभामा जलकी आमा प्रेमाको जीवन यात्राको एक भिडियो पनि देखाइएको थियो ।


साहित्यकार प्रेमाको जन्म २००२ मा विरगञ्जमा भएको थियो । उनका ६ बालकथा संग्रह र ३ उपन्यास प्रकाशित छन् । यसका अलावा दर्जनौं लेख–रचना प्रकाशित छन् । यौन मनोविज्ञानमा आधारित ‘पहेँलो गुलाफ’ (कथा संग्रह) र ‘ममी’ उनको चर्चित कृति हो ।


आमाको प्रथम स्मृति सभामा अभिनेत्री जल शाह पहिलो पटक छोरी र श्रीमान शरदकुमार रिमालसँग उपस्थित भएकी थिइन् । काँचको पर्दाबाट टाढा भएपछि निकै मोटाएकी उनको एक महिना नेपाल बस्ने तयारी छ । आमाको स्मृति दिवसमा उनले फिल्मसँग सम्बन्धित केही कुरा गर्न चाहिनन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu