पूर्वाधार व्यवस्थापनमा चासो नदिने हलमा विकास वोर्डको निगरानी



film-development-boardठुलोपर्दा डटकम, काठमाडौं। आफ्नो व्यापारमा मात्र ध्यान दिने अनी आवश्यक पूर्वाधार व्यवस्थापनमा खासै चासो नदिने चलचित्र घरहरुमा अब भने ‘चलचित्र विकास वोर्ड’ले निगरानी बढाएको छ । विकास वोर्डले तोकिएको मापदण्ड पुरा नगर्ने हलहरुको नियमित नविकरण प्रक्रियालाई समेत रोक्का गर्न सक्ने गरी आवश्यक पूर्वाधार पूरा नगरेका हल सञ्चालकहरुलाई अल्टिमेडम दिन सुरु गरेको छ ।

यो प्रक्रियामा राजधानी स्थित जमलमा रहेको ‘विश्वज्योती हल’ले आवश्यक मापदण्ड पुरा नगरेको भन्दै विकास वोर्डले यो हललाई १५ दिनसम्म आवश्यक पूर्वाधार पूरा गर्न भनेर पत्र काटेको छ । विश्वज्योती हललाई विहिवार नै विकास वोर्डबाट पत्र काटिएको हो ।

यो अवधीमा पनि पुर्बाधारलाई पुर्णता दिन तर्फ हल सञ्चालक नलागे कारबाही प्रक्रिया अगाडी बढाउने विकास वोर्डको तयारी छ । चलचित्र हलले दर्शक बस्ने सिट, शौचालय, पार्किङ, सरसफाई लगायतका पूर्वाधार पूरा नगर्ने हलहरुमा वोर्डले निगरानी बढाउन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu