एचआईभी संक्रमित बालबालिकाले हेरे ‘बितेका पल’



pal
ठूलोपर्दा डटकम, काठमाण्डौ। 
एचआईभी संक्रमित बालबालिकाले रिलिजको पहिलो दिनमा नै चलचित्र ‘बितेका पल’ हेरेका छन्। राजधानीको बिग मुभिजमा शुक्रवार साँझ ‘सफलता एचआईभी शिशु सदन’ले पाल्दै आए बालबालिकालाई चलचित्र देखाईएको हो।

अभिनेत्री केकी अधिकारीको सक्रियतामा चलचित्र देखाईएको हो। चलचित्र हेरेर प्रफुल्ल बालबालिकालाई उचित लालनपालन सहित मनोरञ्जनको आवश्यकता पर्ने भएकोले चलचित्र देखाईएको हो।

एचआईभी संक्रमित बालबालिकालाई चलचित्र देखाउन पाउँदा अत्यन्त खुशी लागेको ‘बितेका पल’ युनिटले ठुलोपर्दा डटकमलाई जनायो।

शुक्रबार रिलिज भएको यो चलचित्रले सन्तोषजनक व्यापार गरेको निर्माता राजेश घतानीले बताएका छन्। ‘तीन दिन चलेर थन्किने चलचित्र होइन ‘बितेका पल’, यो चलचित्रले लामो समयसम्म दर्शकलाई हलसम्म ल्याउने विश्वास छ’ घतानीले बताए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu