ब्यूटिपार्लरबाट सकियो लज्जा | जाडोले पाएन बिश्राम



aaryan-shilpa-2
ठुलोपर्दा डटकम, काठमाण्डौ।
छविराज प्रोडक्सनको व्यानरमा नवल नेपालले निर्देशन गरेको नेपाली कथानक चलचित्र ‘लज्जा’को छायाँकन सकिएको छ । शनिवार राजधानीको भृकुटीमण्डपमा चलचित्र भित्रको एक गीतको तथा जोरपाटीको एक ब्युटीपार्लरमा चलचित्र भित्रको अन्तिम सट’ लिएपछी चलचित्रको ‘ईन्ड क्ल्याप’ गरिएको हो ।

पुसको जाडोको समय भएपनि निर्धारित समयमा नै ३८ दिनमै चलचित्र ‘लज्जा’को सुटिङ सकाईएको निर्माता छबिराज ओझाले ठुलोपर्दा डटकमलाई बताए । यो चलचित्रमा शिल्पा पोखरेल र आर्यन सिग्देलले मुख्य पात्रका रुपमा अभिनय गरेका छन् । यसअघि थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरेकी शिल्पा लज्जाबाट पहिलो पटक नेपाली रजतपटमा नायिकाको रुपमा डेव्यु गरेकी हुन् ।

प्रेमकथामा आधारित यो चलचित्रको कथा निर्माता छबि ओझाले नै लेखेका हुन् । चलचित्र ‘लज्जा’मा संगीत चेतन सापकोटाको रहेको छ, भने द्वन्द चन्द्र पन्तको रहेको छ । यो चलचित्र ‘लज्जा’लाई मदन कास्यप घिमिरेले खिचेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu