‘काठमाण्डू सर्ट फिल्म फेस्टा’ दोश्रो सँस्करण हुँदै



[one_half last=”no”]

ktm-short-film-festa-2ठुलोपर्दा डटकम, काठमाण्डौ। पछिल्लो समय नेपालमा छोटा चलचित्रको निर्माण क्रम फस्टाएको छ । चलचित्र अध्ययन सम्बन्धी थुप्रै इन्षिटच्युट, कलेजको सञ्चालनले पनि छोटा चलचित्र निर्माण गर्ने क्रम बढेको हो । यस्ता चलचित्रले उचित स्थान पाउन सकोस भनेर छायाँछबि क्रियसनले गत वर्ष पहिलो पटक काठमाडौं सर्ट फिल्म फेस्टा-२०१३ आयोजना गरेको थियो ।

सर्ट फिल्मको निर्माण विस्तारै फराकिलो बन्दै गइरहेको तर यसको बजार नहुनुले सर्ट फिल्म निर्माण गरेर पनि सम्बन्धित फिल्म मेकरहरु निराश भइरहेको हामिले पाएका छौं । यसै अवस्थामा गत वर्षको निरन्तरता दिंदै यस्ता सर्ट फिल्म मेकरहरुलाई प्रोत्साहित गर्न सकियोस र राम्राभन्दा राम्रा सर्ट फिल्म निर्माण हुन् तथा यसको बजारको लागि सम्बन्धित क्षेत्रले चासो देओस् भन्नका लागि पनि पुनः दोस्रो काठमाडौं सर्ट फिल्म फेष्टा – ०१४ आयोजना गर्न लागिएको हो ।

नेपाली चलचित्रको व्यापार बिग्रिरहेको बेला बैकल्पिक बजारको

[/one_half]

रुपमा छोटा चलचित्रहरु पनि स्थापित हुन सक्छन् भन्ने विश्वास एकातिर गर्न थालिएको छ भने नेपाली चलचित्रकर्मीले निर्माण एवम् निर्देशन गरेका सर्ट फिल्महरु अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुरस्कृत हुन थालेका पनि प्रशस्तै उदाहरण छन् ।

यस्ता चलचित्रले सुरुमा आफ्नै मुलुकमा सम्मान र स्थान पाउनु पर्छ भन्ने उद्देश्यले पनि ‘सर्ट फिल्म फेस्टा’ आयोजना गरिरहेका हौं । फेष्टा आगामी चैत्रमा आयोजना गरिने छ भने उक्त महोत्सबमा छोटा चलचित्र प्रदर्शनका साथै चलचित्र सम्बन्धी कार्यशाला, अन्तरक्रिया लगायतका कार्यक्रम पनि आयोजना गरिने छ ।

यो फेस्टामा बृत्तचित्र, चलचित्र, कार्टुन/एनिमेशन चलचित्रले भाग लिन पाउने छन् । सम्बन्धित चलचित्रको लम्बाई भने २ मिनट देखि ४५ मिनट भित्रको हुनु पर्ने छ ।

फेस्टामा सहभागी हुनका लागि छायाँछबिको कार्यालय डिल्लीबजारमा फागुन २० सम्म लघू चलचित्र दर्ता गर्नु पर्ने प्रावधान राखिएको छ । जुनसुकै बिधा र शैलीका चलचित्रले पनि फेस्टामा भाग लिन पाउने छन् ।

काठमाडौं सर्ट फिल्म फेस्टा-२०१३ मा सहभागी सर्ट फिल्मले प्रथम, द्वितीय, तृतीय पुरस्कार प्राप्त गर्ने छन् । यस्तै ‘बेस्ट फिक्सन सर्ट फिल्म’, ‘बेस्ट डकुमेन्ट्री सर्ट फिल्म’, ‘बेस्ट एनिमेशन सर्ट फिल्म’, ‘जुरी अवार्ड’, इनकरेजमेन्ट अवार्ड र ‘पब्लिक च्वाईस अवार्ड’ सहीत विभिन्न विधामा नगद सहित अवार्ड प्रदान गरिने छ । सम्पर्कः शान्तिप्रिय- अध्यक्ष, छायाँछवि क्रिएसन, ९८४१७११७७३ डब्बु क्षेत्री – संयोजक, सर्ट फिल्म फेष्टा, ९८४१२७५३०५

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu