निर्माणाधिन राज बल्लभ | अमेरिकाबाट नेपाली चलचित्रको चिन्ता



[one_half last=”no”]raj-ballav-under

[dropcap][/dropcap]ण्डै छ बर्ष अघि गोपी कृष्ण ब्यानरको चलचित्र ‘पर्खि बसे’बाट ठुलोपर्दामा आएका नायक राजबल्लभ कोइराला यतिबेला नेपाल र अमेरिका आधाआधी बस्ने गर्छन्। हलिउडको चलचित्र ‘हाईवे टु धम्पुस’मा नायकको रुपमा नेपालबाट छनौट भएपछि २०१२ को अगष्टमा उनि छायांकनको लागि गएका हुन्। अहिलेसम्म गरेर उनि तेश्रोपटक अमेरिका भिजिटमा छन्। पछिल्लो पटक सेप्टेम्बर २०१३ मा अमेरिका गएका हुन्।

अमेरिकामानै रहेर आफ्नै ब्यानरमा अहिले ‘राघव’ नामक नेपाली चलचित्र बनाएर निर्माताको रुपमा समेत अघि आएका कोइरालालाई हलिउडको स्टार बन्ने धोको छ। माथीको तस्विरबाट यो कुरा प्रष्ट भएको छ।

[/one_half]उनको यो रहर उनको फेसबुकबाट देखिएको छ। आफ्नो फेसबुकमा हलिउड स्टारहरुको स्टाईल निकाली आफुलाई हलिउड स्टारको निर्माणाधिन व्यक्तिको रुपमा उल्लेख गरेका छन्।

राजबल्लभका अनुसार उक्त तस्विरमा देखिएको दृश्य हलिउडको ‘वाल्क अफ फेम’को हो। ‘हलिउडमा नाम चलेकाहरुको नाम त्यसरी स्टार (तारा) बनाएर राखिन्छ मेरो हलिउडको साथीले खिचेर बनाईदिएको हो’ ठुलोपर्दा डटकमसँग कुरा गर्दै कोइरालाले भने, ‘लस एन्जेलसमा रहेको  ‘वाल्क अफ फेम’मा संगीत, टेलिभिजन अनि चलचित्रमा ख्यातीप्राप्त मान्छेहरुको नाम लेखिन्छ, जसले हलिउडमा नाम कमाउँछ’।

walk-of-fame

यसैपाली निर्माता बनेका राजबल्लभले नेपाली चलचित्रको चिन्ता गरेका छन्। अमेरिकामा रहेर संसारभरका सिनेमा नियालिरहेका उनले खासगरी देशको अस्तव्यस्तताले चलचित्रलाई गम्भिर असर परेको बताउँछन्। ठुलोपर्दा डटकमसँग कुरा गर्दै उनले १०० चलचित्रमा १-२ वटा चल्दैमा खुशी हुने अवस्था नरहेको बताए। चलेका चलचित्रले पनि पैसा उठाउन नसक्दा निर्माताको हातमा शुन्य हुने भएकोले पुराना निर्माताहरु थला पर्दै गएको बताउँछन्।

मल्टिप्लेक्सको व्पायारले निर्मातालाई थोरै भएपनि राहत दिने गरेको उनको तर्क छ। नेपाली चलचित्रलाइ अन्तराष्ट्रियकरण नगरी निर्मातालाई राहत हुन गाह्रो हुने राजबल्लभको ‘राघव’ मार्च १५ मा विश्वव्यापी रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu