अस्कर अवार्डमा रमी र ओलिविया उत्कृष्ट अभिनेता-अभिनेत्री



सोमवार अमेरिकाको डल्बी थिएटरमा आयोजित ९१ औं अस्कर समारोह भव्यताका साथ समापन भएको छ । अवार्डमा बेस्ट चलचित्रको अवार्ड ‘ग्रीनबुक’ लाई दिइएको छ । यस्तै, बेस्ट लिड एक्ट्रेसको अवार्ड ओलिविया कोलम्यानले हात पारेकी छन् । उनलाई यो अवार्ड ‘द फेभरि’ मा सानदार अभिनयका लागि दिइएको हो ।

‘बोहेमियन र्‍यापसोडी’ का लागि रमी मालेकले बेस्ट लिड एक्टरको अवार्ड चुमेका छन् । यो वर्ष ‘रोमा’ लाई सबैभन्दा बढी १० अलग-अलग क्याटगरीमा नोमिनेट गरिएको थियो । यसले पहिलो अस्कार अवार्डको इतिहासमा ‘अल अबाउट इभ’, ‘टाइट्यानिक’ र ‘ला ला ल्याण्ड’ भन्दा बढी नोमिनेशन भएको फिल्म बनिसकेको छ ।


उत्कृष्ट निर्देशकको अवार्ड ‘रोमा’ बाट अल्फोन्सो क्यूरोले उचाले भने स्पाइक लीले एडप्टेड पटकथा विधामा ‘ब्ल्याकान्सम्यान’ बाट अवार्ड जिते । यस्तै, ओरजिनल स्क्रिनप्ले भने ‘ग्रीनबुक’ को पोल्टामा गयो । बेस्ट एनिमेटेड फिचर फिल्मको अवार्ड ‘स्पाइडर म्यान : इनटू द स्पाइडर वर्स’ ले उचाल्दा बेस्ट सपोर्टिङ एक्टरको विधामा फिल्म ‘ग्रीनबुक’ बाट मरशैला अलीले अवार्ड चुमे ।

बेस्ट सपोर्टिङ एक्ट्रेसको अवार्ड ‘इफ बील स्ट्रीट कुड टक’ बाट रेजिना किङले जितिन् । भने, बेस्ट फरेन ल्याङ्ग्वेज फिल्मको अवार्ड ‘रोमा’ ले उचाल्यो । बेस्ट सिनेम्याटोग्राफीको अवार्ड पनि ‘रोमा’ बाटै अल्फान्सो क्वारोनको हातमा पर्‍यो । लेडी गागाले भने ‘अ स्टार इन’ बाट ओरजिनल गीत विधामा अवार्ड जितिन् ।

विजेताहरुको नामावली यस्तो छ :-
1. Best Picture
Green Book
2. Best Director
Alfonso Cuarón, Roma
3. Best Actress in a Leading Role
Olivia Colman, The Favourite
4. Best Actor in a Leading Role
Rami Malek, Bohemian Rhapsody
5. Best Actress in a Supporting Role
Regina King, If Beale Street Could Talk
6. Best Actor in a Supporting Role
Mahershala Ali, Green Book
7. Best Original Song
“Shallow” from A Star Is Born
8. Best Original Screenplay
BlacKkKlansman
9. Best Original Score
Black Panther
10. Best Foreign Language Film
Roma
11. Best Animated Feature Film
Spider-Man: Into the Spider-Verse
12. Best Documentary Feature
Free Solo
13. Best Makeup and Hairstyling
Vice
14. Best Costume Design
Black Panther
15. Best Production Design
Black Panther
16. Best Cinematography
Roma
17. Best Sound Editing
Bohemian Rhapsody
18. Best Sound Mixing
Bohemian Rhapsody
19. Best Film Editing
Bohemian Rhapsody
20. Best Animated Short Film
Bao
21. Best Documentary Short Subject
Period. End of Sentence.
22. Best Visual Effects
First Man
23. Best Live Action Short Film
Skin
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu