आशिकाको ग्ल्यामर मोह | दुई बर्ष भित्र नायिका र निर्मात्री दुवै



श्यामसुन्दर गिरी, काठमाण्डौ।
[one_half last=”no”]aashika-tamang2
[dropcap][/dropcap]र्मनको कार्ड होल्डर आंशिका तामाङ् २२ बर्ष पहिले मलेखु धादिङ्मा जन्मिएकी थिईन् । आशिकाको ग्ल्यामर प्रतिको मोह मिस तामाङ २०१२ को सुन्दरी प्रतियोगिता बाट नै सुरुवात भयो । २०१२ मा आयोजित मिस नेशनल क्युनमा उनले[/one_half]मिस पपुलर र मिस फोटोजेनिकमा अवार्ड जितिन् ।

मनु लिम्बुको तिम्रो मुस्कानमा बोलको गीतमा पहिलो पटक अभिनय गर्ने अवसर प्राप्त गरेपछी उनले सुरेश मानन्धर लगायतको गीतमा पनि अभिनय गरिन् । केही बर्ष देखी जर्मनमानै नसिर्ङ पेशा गरिरहेकी तामाङ्लाई नेपाल आउँदा चलचित्रमा नायिका बन्ने प्रस्ताव आए पनि कथावस्तु मन नपरेको कारण अहिले सम्म उनको नायिका बन्ने सपना साकार भने हुन सकेको छैन ।

चिन्नेहरुले उनलाईे हलिउड हिरोइेन एञ्जेलिना जोली भनेर जिस्काउने गर्छन् । भनेजस्तो ब्यायफ्रेण्ड नभेटेपनि उनलाई जर्मनकै एकजना असाध्यै मन पर्छ । इनोसेन्ट टाईपको पुरुष प्रती छिट्टै आकर्षित हुने आशिकाको विचारमा सेक्स नेचुरल कुरा हो जुन कुरा जो कोहिलाई पनि अत्यावश्यक छ ।

डान्स, फोटोग्राफी र नयाँ-नयाँ ठाउँ घुम्न मन पराउने तामाङ् फुर्सदमा फिल्म हेर्न र अभ्यास गर्न रुचाउछिन् । जिन्दगीलाई खाली पानाको संज्ञा दिदै उनि भन्छिन्, ‘हामी प्रत्येक खाली पाना भर्ने काम गरिरहेका छौ’ ।

ग्ल्यामर क्षेत्रमा नकरात्मक बिषय नभएर केही न केही नयाँ कुरा सिक्न सक्नु पर्ने बताउने तामाङ्ले अबको २ बर्षपछी नेपाल फर्केर नायिका बन्ने उद्धेश्य राखेकी छिन् । उनले आफ्नै लगानीमा राम्रो चलचित्र बनाउने सोचाई राखेकी छिन् ।

आफु देशप्रेमी भएकै कारण देशको लागि केही काम गर्ने चाहना रहेको आशिका बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu