रङ्गशालाका लागि सत्यस्वरुपको गीत उपहार (भिडियो)



धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ स्थित रामपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा सुप्रसिद्ध गायकद्वय सत्य स्वरुपराज आचार्य जोडिएका छन् ।

बुधबार फाउण्डेशनले बनाउने रङ्गशालाका लागि गीत उपहार दिँदै अभियानमा जोडिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए । सत्यस्वरुपले धुर्मुस सुन्तली फाउण्डेशनको परियोजनाका लागि क्रिकेट सम्बन्धि गीत उपहार दिएका हुन् ।

‘युद्धको मैदान’ बोलको उक्त गीतलाई सत्य स्वरुपले आफैले संगीत दिएका हुन् भने शब्द पनि आफैले लेखेका हुन् । धुर्मुस सुन्तलीको अफिसियल युट्युब च्यानलबाट सार्पजनिक गरिएको उक्त गीतमा बन्न लागेको क्रिकेट रङ्गशालाका दृश्यहरु समावेश गरिएको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu