माउथ पब्लिसिटीले बढायो ‘बितेका पल’को पिकअप



अनिल यादव, काठमाण्डौ।
[one_half last=”no”]bitekapal
[dropcap]शु[/dropcap]क्रवारदेखि रिलिजमा आएको बहुप्रतिक्षित नेपाली चलचित्र ‘बितेका पल’ देशभर ३५ हलमा एकसाथ रिलिज हुने पक्कापक्की थियो । तर प्राविधिक समस्याका कारण पूवकै आशाजनक हल मानिएको विर्तामोडस्थित अन्नपुर्ण हलमा आइतवारबाट मात्र चलचित्र प्रदशर्न भएको चलचित्र यूनिटले जनाएको छ ।

चलचित्रका निर्माता राजेश घतानीको गृहजिल्ला झापा भएकैले पनि यँहा दर्शकहरु ‘बितेका पल’ को ब्यग्र प्रतिक्षामा थिए । तर झापाको दमकमा शुक्रवारवाटै चलचित्र प्रदशर्नमा आएपनि प्राविधिक समस्याका कारण व्यापारिक केन्द्र मानिएको विर्तामोडमा भने प्रदशर्न हुन सकेको थिएन । ‘बितेका पल’ हेर्नकै लागी भनेर शुक्रवार र शनिवार अन्नपुर्ण हल विर्तामोड पुगेका सँयौ दर्शक फर्कनुपरेको थियो । ‘प्रोजेक्टर बिग्रिएका कारण चलचित्र दुईदिन सम्म अन्नपुर्ण हलमा चल्न सकेन’ चलचित्रका निर्माता घतानीले भने,‘ यसबाट दर्शकहरुमा पर्न गएको असुविधाप्रती चलचित्र यूनिटका तर्फवाट क्षमा माग्छु ।’[/one_half]उनले फेसबुकवाट पनि दर्शकहरुसंग चलचित्र ढिलो चलेकोमा माफी मागेका छन् ।

त्रिकोणात्मक प्रेम रहेको सत्य कथामा आधारित चलचित्र ‘बितेका पल’ मा नायिका केकी अधिकारी र नायक बाबु बोगटीसहित नवनायक अभिनाष गुरुङको मुख्य अभिनय छ । सुरजसुब्बा नाल्बोले निर्देशन गरेको यो चलचित्रमा अमेरिकामा रहेका क्रिश रिजालले समेत लगानी गरेका छन् ।

‘बितेका पल’ संगै शुक्रवारवाट तीन नेपाली चलचित्र ‘६ एकान ६’, ‘पराई’ र ‘योद्धा’ को पनि रिलिज भएको थियो । तर यि मध्ये ‘बितेका पल’  ‘पराई’ र ‘६ एकान ६’को चर्चा र प्रतिष्पर्धा दुवै बढेको छ । ‘६ एकान ६’ नेपाल टेलिभिजनका ६ जना हास्यव्यंग्य कलाकारहरुको अभिनयमा बनेको र बढी प्रचार भएको चलचित्र भएका कारण अहिले व्यापारिक सफलता सन्तोषजनक पाइरहेको बताइएको छ ।

यता ‘बितेका पल’ एउटा प्रेम कथा र नँया पात्रहरु लिएर बनेको चलचित्र भएर पनि दर्शकहरुमा कुनै कमी नपाएको बताइन्छ । ‘देशभर चलचित्रको प्रतिक्रिया राम्रो आइरहेको छ ’ निर्माता घतानी भन्छन्, ‘ हाम्रो चलचित्र एकैपटक हाउसफुल हुने खालको भन्दा पनि विस्तारै पिकअप लिने खालको हो ।’ शुक्रवारभन्दा अझ बढी व्यापार शनिवार हुनुपनि त्यही दर्शकहरुले गएर अरुलाई सुनाउने प्रतिक्रियावाट आएको ‘पिकअप’ हो, उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu