फाल्गुन ९ गतेबाट चियर्स | इन्टरटेनमेण्ट अनलिमिटेड



श्यामसुन्दर गिरी, काठमाण्डौ।
[one_half last=”no”]cheers
लामो समयसम्म रिलिजको पर्खाइमा रहेको चलचित्र ‘चियर्स’ ले हालै काठमाण्डौमा एक पत्रकार सम्मेलन गरि चलचित्र बारे औपचारिक जानकारी दिएको छ । उक्त सम्मेलन मार्फत आगामी फाल्गुन ९ गतेबाट चलचित्र प्रदर्शनमा आउन लागेको[/one_half]निर्माण पक्षले जानकारी गराएको हो । मित्रताको कथासँगै प्रेमको भाव झल्कने चलचित्र ’चियर्स’ पवन गौतमको निर्देशनमा तयार भएको चलचित्र हो ।

भूपेन चन्द, पुष्करजंग थापा, राज आर्यन, क्रिस्टी पौडेल, महिमा सिलवाल लगायतका कलाकारको मुख्य अभिनय रहेको सो चलचित्रबाट अरुण केसी र निर्मला महत नयाँ प्रवेशीको रुपमा रजतपटमा भित्रदैछन् । राजाराम केसी र सजिव श्रेष्ठको लगानीमा तयार भएको चलचित्रलाई यूवराज खत्रीले प्रस्तुत गरेका हुन् ।

सरोज खत्री कार्यकारी निर्माता रहेका छन भने चलचित्रमा दीपक बाँनियाको छायांकन, कविराज गहतराजको नृत्य, जनक गुरुङको द्वन्द्व, यूवराज खत्रीको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu