तीन टेलिचलचित्रको संगम ‘छ एकान छ’ | विदेशी कलाकारको प्रमोशन



अनिल यादव, काठमाण्डौ।
[one_half last=”no”]
chha-ekan-chha-2[dropcap][/dropcap]लचित्रको शुरुवात अर्बपति हजुरबुबाकी नातिनीको विवाह प्रसंगबाट भएर उनले खाएको ‘हन्टर’ हरुलाई हास्यपरक रुपमा देखाउँदा देखाँउदै सामाजिक भावको सन्देश दिएर अन्त्य हुन्छ ।

चलचित्रको समिक्षा त्यसले गर्छ जो चलचित्रको दर्शक हुन्छ । चलचित्रप्रति दर्शकको प्रतिक्रिया सकरात्मक र नकरात्मक दुवै हुनसक्छ । भनिन्छ जसले दर्शकको प्रतिक्रिया स्वीकार्न सक्छ उसले चलचित्र राम्रो बनाउन पनि सक्छ । यो भुमिका ‘६ एकान ६’ संग कुनै झुकाउ राखेर बाध्न खोजिएको होइन् तर चलचित्रको समिक्षा गरिनु कसैलाई स्यावासी र सुझाव दुवै दिइनु हो यसर्थ यसलाई गलत ढंगले बुझ्न हुदैन भन्ने कुरा प्रष्टाउनलाई मात्र हो ।

नेपाली सिने नगरीमा ‘कमेडी’ चलचित्रहरुले स्थान नपाइरहेको अवस्थामा ‘६ एकान ६’ बनेको हो । यसअघि तीन चलचित्रहरु ‘सावधान’, ‘दाईको ससुराली’ र ‘मायाज बार’ बनाइसकेका निर्देशक दिनेश डिसीले निर्देशन गरेको यस चलचित्रमा नेपाल टेलिभिजनबाट प्रसारण हुने तीनवटै चर्चित हास्य टेलिश्रृखंला तितो सत्य, मेरी बास्सै र जिरे खुर्सानीका ६ कलाकारहरु नायिका निता ढुंगानाको वरपर घुमेका छन् । यि तीन प्रतिष्पर्धी टेलिश्रृखंलाका कलाकारलाई एउटै सिनेमामा उभ्याउनाले नै चलचित्रले रिलिज अघिनै व्यापक चर्चा पाएको थियो ।

चलचित्रमा अर्बपति हजुरबुबाकी नातिनीको भुमिकामा रहेकी निता आफ्नो अस्वस्थ्य हजुरबुबाले निधनभन्दा अघि आफ्नो विवाह हेर्न चाहेपछि केटाको खोजीमा हुन्छिन् । त्यही पेरिफेरीमा ६ हाँस्यकलाकारसंग क्रमश भेट हुन्छ । सबैभन्दा शुरुमा निताले ठगाहा प्रवृत्तीका व्यवसायी शिवहरी पौडेललाई भेट्छिन् । उनको ठगी प्रवृत्तीको विषयमा थाहापाएपछि शिवहरीलाई छाडेर अर्कै केटा खोज्ने क्रममा अदालतमा भेट हुन्छन् जितु नेपाल ।

जितुलाई पनि अर्कै महिलासंग ओछ्यानमा भेटेपछि विच्किएकी निता बलिउड अभिनेता सलमान खानको ठुलो फ्यान हुन्छिन् । अर्का सलमानकै फ्यान र उनकै नक्कल गर्दे इन्सपेक्टर पाण्डेको भुमिकामा देखिने दिपकराज गिरीसंग निता ठोकिन पुग्छिन् । २४ घण्टाभित्रै दिपकले भेटाइदिएको निताको चोरिएको ‘हार’ र अपराधी दुवै ‘डुप्लीकेट’ भएको रहस्य थाहा पाएपछि निताले दिपकलाई पनि पनि अस्वीकार गर्छिन् ।

त्यसपछि भेटिन्छन् कविका रुपमा देखिएका सन्दिप क्षेत्री । महिलालाई सम्मान गर्ने जस्ता आदर्श विचारबाट प्रभावित भएर सन्दिपसंग विवाह गर्न तयार भएकी निताले उसको पनि वास्तविक रुप थाहा पाउछिन् र छाड्छिन् । अनी केटा खोज्दाखोज्दै हैरान भएकी उनी आफ्नो हजुरबुबाका स्याहारसुसारमा थोरै पनि कमि हुन नदिएका नोकर सिताराम ‘धुर्मुस’ संग नै विहे गर्ने निधो गर्छिन् । तर गुण्डा(राजबल्लभ कोईराला)बाट आएको धम्कीका कारण ‘धुर्मुस’ले पनि प्रस्ताव अस्वीकार गरेपछि माग्नेसंग पनि विवाह गर्न तयार हुन्छिन्chha-ekan-chha-4
निता । त्यही माग्नेहरु खोज्नेक्रममा भेटिन्छन् सुकुम्बासी वस्तीका माग्ने केदार घिमिरे । आफ्नो सुकुम्बासी वस्ती भत्काउने टेण्डर निताकै कम्पनीले लिएको थाहापाएपछि भावुक हुदै त्यसको प्रतिकारमा लागेपछि केदारले पनि गुमाउँछन् अर्बपतिकी नातिनीसंग विवाह गर्ने मौका ।[/one_half]समग्रमा चलचित्रको कथा राम्रै छ । नेपाली सिनेमा ले व्यापार नगरिरहेको अवस्थामा चलचित्रले एउटा किर्तीमान राख्न गइरहेको अवस्था छ अहिले । चलचित्रको अन्त्यमा अर्बपति निताको सम्पत्ती कुम्ल्याउन पाइन्छ भनेर लागिपरेका ६ कलाकारहरु निताको ‘६ एकान ६ बाल गृह’ खोल्ने सपनामा हातेमालो गर्न पुगेपछि चलचित्रको अन्त्यले एउटा यथार्थ सन्देश दिएको देखिन्छ । त्यो सन्देश के हो भने पैसाका लागी जे गर्न तयार हुनेहरुपनि प्रेमका अगाडी झुक्ने रैछन् ।

राम्रो गर्ने प्रयास गर्दागर्दै केही कमजोरीहरु हरेक चलचित्रले बोकेकै हुन्छन् । झन नेपाली सिनेमाको हकमा यो कुनै नौलो कुरा रहेन । नेपाली सिनेमाहरुको स्तरलाई मापन गर्ने हो भने ‘६ एकान ६’ पुर्ण मनोरंजनात्मक ढंगमा बनेको स्तरीय चलचित्र नै हो । यसमा प्रविधीको महत्व त्यस्तो बढी देखिदैन् । कमेडी चलचित्रहरुमा प्रविधीले भन्दापनि पात्र र तिनीहरुको अभिनयले पनि महत्व लिएको हुन्छ । यसमा पनि पात्रकै हावी छ । सिनेमाटोग्राफी पनि राम्रै छ । तर चलचित्रको कथाले कता कता दर्शकलाई अल्मल्याएको देखिन्छ ।

निताको ‘काकु’ ले ६ जनासंग मिलेर निताको सम्पत्ती हात पार्ने योजना बनाएको कुरा चलचित्रको अन्त्यतिर खुलेको देखिन्छ । तर निताले अस्वीकार गरिसकेपछि पनि ‘काकु’ एक्लैले धुर्मुस र माग्नेलाई त्यसअघि नै भेटिसकेका हुन्छन् तर त्यो योजनाकोchha-ekan-chha-3कुरा उनीहरुविच भएको देखिदैन् । इन्सपेक्टर पाण्डेको रुपमा देखिएका दिपकराज गिरी शुरुमा ‘दबंग हिरो’ को जस्तै गुण्डासंग लडेका हुन्छन् । तर उनै दिपक चलचित्रको अन्त्यतिर निता अपहरण हुँदा बचाउने बेलामा डराउँदै पन्छिन् जुन अलि हास्यस्पद देखिन्छ । यस्ता कुराले कथामा अलिकति कमजोरी हो कि भन्ने भान दर्शकमा उब्जिएको छ ।

चलचित्रमा निता बलिउड अभिनेता सलमान खानको ठुलो फ्यानको रुपमा देखिन्छिन् । सलमानको पोष्टरसंग धेरैपटक एक्लै गफिन्छिन् उनी । दिपकराजले चलचित्र ‘दबंग २’ मा सलमानले बोलेका संवादहरुलाई जस्ताको त्यस्तै उल्था गर्दै बोलेका छन् । ‘धोकेबाज रे ’ बोलको गित पनि ‘दगाबाज रे’ बोलको गितको लय र संगितसंग मिलाईएको छ । चलचित्रले दर्शकलाई हसाँउने निहुमा सलमान खानको प्रशंसा बढी गरेको जस्तो देखिन्छ ।

यसरी नेपाली चलचित्रले बलिउडको कलाकारको नक्कल गर्दा नेपाली चलचित्र क्षेत्रलाई असर पुग्ने कुरामा चलचित्र निर्माण टिमले नसोचेको हो कि जस्तो देखिन्छ । दिपकराजले प्राय स्टेज कार्यक्रममा गएर अर्काको नक्कल गरेरै दर्शकलाई हसाउँथे । उनको त्यही विशेषता नै कथामा हावी भएको त पक्का हो तर त्यही किसिमको प्रतिभा र अभिनय हेर्न त दर्शकका लागी हास्यकलाकारको सिरियल नै काफी थियो जसलाई ख्याल गरिएको भए राम्रो हुन्थ्यो । सलमानको सट्टा नेपालकै कुनै पुराना कलाकारको अभिनयलाई नक्कल गरेको भए चलचित्रले अझ बढि प्रशंसा पनि पाउने र आफ्नो देशको कलाकारको प्रशंसा पनि हुने विश्लेषण हुनु पनि गलत होइन ।

नेपाल टेलिभिजनमा कुनै समय ‘ट्वाक्कटुक्क’ नामको हास्य टेलिश्रृंखला बनाएर चर्चा कमाएका निर्देशक डिसीले यसअघि यस्तो कमेडी चलचित्र बनाएका थिएनन् । तर यसपटक आफ्नो दक्षता कमेडीको निर्देशनमै छ भन्ने कुरा देखाउनका लागी पनि उनी ‘६ एकान ६’ मा देखिएको हुनसक्छ । उनले चलचित्रमा कतिको न्याय गरेका छन् त्यो त एकजनाको समिक्षाले मात्र विश्वास नलाग्ला । तपाई चलचित्र पुर्ण मनोरजंन र हास्नका लागि हेर्नुहुन्छ भने यो चलचित्र अवधिभर मज्जाले मनोरंजन पक्का दिन्छ त्यसैले हातमा तातो कफी र पपकर्न लिएर चलचित्र हलमा फिल्म हेर्दा तपाईलाई घाटा भने पक्का हुदैन ।

 

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu