इनास अवार्डका लागि शाह, पौडल र मोरवैता नेदरल्याण्ड जाने



[one_half last=”no”]uddav-dharmendra-neerअन्तराष्ट्रिय नेपाली कलाकार समाजले मार्च महिनाको २९ र ३० तारिक आयोजना गर्ने इनास अवार्डमा भाग लिन नेपालबाट वरिष्ठ अभिनेता तथा निर्देशक निर शाह, चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैता, चलचित्र विकास कम्पनीका प्रमुख उद्धव पौडेल लगायतका फिल्मका महारथीहरु एकैसाथ नेदरल्याण्ड जाने भएका छन् ।

नेपाली चलचित्रको अवार्डमध्ये निकै सम्मानित भनिएको इनास अवार्डको दोश्रो संस्करण र नेपाली चलचित्रको स्तर व्रिद्धि र अन्तर्राष्ट्रिय बजार बिस्तार सम्बन्धी गोष्ठिमा भाग लिन नेपाली चलचित्रका यी महारथीहरु एकैसाथ नेदरल्यान्ड जान[/one_half]लागेका हुन् ।

नेपाली चलचित्र प्रवर्द्धनको लागि गरिने अन्तर्कृया र चलचित्र अवार्ड कार्यक्रममा भाग लिन शाह, पौडेल र मोरवैतासँगै चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का, नायिका करिष्मा मानन्धर र नेफ्टाका अध्यक्ष मनोज केसीलाई समेत निमन्त्रणा गर्न लागेको बताईएको छ ।

पारदर्शिताको लागि भन्दै समाजले इनास अवार्डमा भाग लिन नेदरल्यान्ड जाने प्रतिनिधिहरु सबैको नाम केही दिनमै प्रकाशित गर्ने जनाएको छ ।

युरोप महादेश स्तरीय नेपाली डान्स प्रतियोगिता समेत आयोजना गरिने यो कार्यक्रममा भाग लिना जापान, अमेरिका, क्यानाडा, इङ्ल्यान्ड, जर्मनी, फ्रान्स, इटाली, पोर्तुगल, स्पेन, पोल्यान्ड, स्विटजरल्याण्ड, बेल्जियम, लक्जम्बर्ग, डेन्मार्क, फिन्ल्यान्ड, नर्वे, स्विडेन, अष्ट्रियाबाट ठुलो संख्यामा कलाकार र दर्शकहरु भेला हुने कलाकार समाजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu