शोभित बस्नेतले हिन्दी चलचित्रको निर्देशन गर्ने



[one_half last=”no”]shovitचतुर निर्देशकको रुपमा चिनिएका निर्देशक शोभित बस्नेतले अब भने हिन्दी चलचित्रको समेत निर्देशन गर्ने भएका छन् । राजधानीमा बुधवार आयोजित एक कार्यक्रममा निर्देशक शोभितले हिन्दी चलचित्र ‘मेँ वो नही’ को निर्देशन गर्ने बारे जानकारी गराईएको हो ।

यो चलचित्रमा दक्षिण भारतिय कलाकार सँगै नेपाली कलाकारको पनि अभिनय रहने छ ।[/one_half]यो चलचित्रमा लुविना इन्फरमेशन प्रालिको लगानी रहने छ भने दिनेश दर्शनधारी र विजय सत्यालको सह लगानी रहनेछ ।

कार्यक्रममा चलचित्रका निर्माताले गुगलमा नेपाली निर्देशकहरुको नाम खोज्दै जाँदा सबैभन्दा चर्चित निर्देशकको रुपमा सोभितलाई पाएपछी लिईएको जानकारी गराएका थिए ।

निर्देशक सोभितले आँफुलाई हिन्दी चलचित्रको निर्देशन गर्ने अवसर जुटाईदिएको भन्दै सामाजिक सञ्जाल गुगललाई धन्यवाद बोलेका थिए ।

चलचित्र ‘मेँ वो नही’लाई काठमाण्डौ, देहरादुन, मरिसस, दुबई र लण्डनमा बिभिन्न ठाउँहरुमा खिचिने छ । यो चलचित्रको बजेट १० करोड नेपाली रुपैयाँ रहेको बताईएको छ ।

करिब ३ महिनामा अवधीमा यो चलचित्रको सम्पुर्ण दृश्यहरु खिचिसकिने निर्देशक बस्नेतले बताए । चलचित्रको छायांकनको सुरुवात भने जनवरी अन्तिमबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu