युनिभर्सल भयो ‘राहदानी’ | ‘मेघा’लाई पिजी



[one_half last=”no”]reema-rahadaniसञ्चारकर्मी डब्बु क्षेत्रीको निर्देशनमा तयार भएको नेपाली कथानक चलचित्र ‘राहदानी’ ले सेन्सर वोर्डबाट ‘युनिभर्सल’ प्रमाण पत्र पाएको छ । ‘यु’ सर्टिफिकेट पाएसँगै यो चलचित्रलाई अब सबै उमेर समुहका दर्शकले हेर्न पाउने भएका छन् ।

वैदेशिक रोजगारमा जाने नेपालीहरुले भोग्नु पर्ने पिडालाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको यो चलचित्रमा समावेश केही दृश्यहरु भने सेन्सर वोर्डले काटेको निर्माण युनिटले बताएको छ ।

चलचित्र ‘राहदानी’ मा समावेश गाली गलौजका संवाद सहित केहि अन्य संवादमा भने कैंची चलाईएको निर्देशक क्षेत्रीले जानकारी दिए ।

काठमाडौं र मलेसियाका बिभिन्न ठाउँहरुमा खिचिएको यो चलचित्रमा सञ्चारकर्मी दिनेश दुलालसहित दयाहाङ राई, रुपा

[/one_half]खनाल, तेन्जिङ शेर्पा, बिनिता घिमिरे, नवीन लम्साल, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

नायिका रिमा विश्वकर्मा पनि एक आइटम डान्समा देखिने छिन् । लक्ष्मीप्रसाद ढकाल ले निर्माण गरेको यो चलचित्रलाई रामशरण उप्रेतीले खिचेका हुन् ।

meghaत्यस्तै, विकास रौनियारोक निर्माणमा सम्झना रौनियारले निर्देशन गरेको चलचित्र ‘मेघा’ले पिजी(प्यारेण्टल गाईडेन्स) प्रमाणपत्र पाएको छ। योसँगै यो चलचित्रला‌ई १६ वर्षमूनिका दर्शकले अभिभावकको साथमा मात्र हेर्न पाउनेछन्।

आगामी भ्यालेण्टाइन डेमा रिलिज हुने ‘मेघा’मा सिद्धार्थ कोइराला, रेमनदास श्रेष्ठ र नम्रता श्रेष्ठको प्रमुख अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu