नेपालीको चलचित्र नभी मुम्बई चलचित्र महोत्सवमा



professor1लामो समयदेखी अष्ट्रेलियामा रहँदै आएका सुर्य गुरुङ् निर्देशित चलचित्र ‘द प्रोफेसर’  ‘नभी मुम्बई अन्तराष्ट्रि चलचित्र महोत्सव’ मा छनौटमा रहेको छ।

विश्वभरका चालिस उत्कृष्ट चलचित्रहरु देखाइने सो महोत्सव यहि जनवरी ३१ देखि फेब्रुअरी २ सम्म हुनेछ ।

नेपालमा हुने अपहरण जस्ता अपराधमा आधारित ‘द प्रोफेसर’मा शमिम अनवार र सोना तिमिल्सिनाको अभिनय रहेको छ। चलचित्रमा शहिम प्रोफेसर छन् भने सोना न्यूज रिपोर्टर।

भारतको नेरुलस्थित डिवाई पटिल अडिटोरियममा हुन गइरहेको पहिलो ‘नभी मुम्बई अन्तराष्ट्रि चलचित्र महोत्सव’मा भारत, युएस लगायत विभिन्न देशका विभिन्न भाषासहित हिन्दु र मुस्लिम समुदायका लामो, डकुमेन्ट्री तथा छोटा खालका फिल्महरु प्रदशर्न गरिने छन् ।

‘एकअर्काको देशको मौलिक चलचित्रमार्फत मौलिक संस्कृती चिनाउनका लागी महोत्सवले महत्वपुर्ण भुमिका लिने अपेक्षा छ ’, महोत्सव आयोजक समितीका अध्यक्ष सचि खन्नाले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu