‘मुटु’ हेरेर भ्यालेण्टाइन | प्रेमी मात्र होईन परिवारको लागि पनि



[one_half last=”no”]mutu22
[dropcap]प्र[/dropcap]णय दिवसको रुपमा विश्वभर मनाईने ‘भ्यालेण्टाइन डे’ नजिकिँदै छ। यसको रौनक महिनादिन अगाडीबाट सुरु हुन्छ। आफुलाई मन परेको मान्छेलाई प्रेम प्रस्ताव गर्ने र प्रेम जोडीले उल्लासमय रुपमा मनाउने यसपालीको प्रेम उत्सव नेपालीको लागि बिशेष बन्दैछ।

‘भ्यालेण्टाइन डे’को ठिक एक हप्ता अगाडी नेपाली चलचित्र ‘मुटु’ रिलिज हुँदैछ। [/one_half]

अबिष्मरणिय प्रेमकथा बुनिएको ‘मुटु’ हेरेर यसपालीको प्रणय दिवसलाई बिशेष बनाउन चलचित्रका निर्देशक एभरेष्ट सुर्य बोहराले आह्वान गरेका छन्। ठुलोपर्दा डटकमसँगको कुराकानीमा बोहराले बिशेष गरी प्रेमजोडीले यो चलचित्र छुटाउनै नहुने र उनिहरुका आमाबाबुका लागि झनै बिशेष रहने बताए।

‘प्रेम गर्नेका लागि मात्र होईन उनिहरुका आमाबाबुका लागि झनै बिशेष चलचित्र हो मुटु’ उनि भन्छन्, ‘यसपालीको भ्यालेण्टाइन डेमा यो चलचित्रबाट बिशेष कुरा पाउनुहुनेछ। ‘मुटु’ हेरेर दिवस मनाउँदा आफुलाई पक्कै फरक पाउनुहुनेछ’।bimlesh

यस अगाडीका चलचित्र तथा म्यूजिक भिडियोमा प्रेमकथामा नै रुचाईएकी  केकी अधिकारी र सयौँ प्रेमकथामा म्यूजिक भिडियोबाट चर्चामा रहँदै नायक बनिसकेका बिमलेश अधिकारीको ‘मुटु’ भित्रको प्रेम कस्तो  छ भन्ने बारेको कौतुहलता माघ २४ मा पुरा हुनेछ। यसअघि सुपरहिट चलचित्रहरु ‘अग्नीपरिक्षा’ र ‘कान्छा’ बाट सफल निर्देशकको परिचय बवनाएका बोहरा यी दुई चलचित्र पश्चात १४ बर्षपछि पुनः निर्देशनमा आएका हुन्।

यसअघी नेपाल बाहिर अमेरिका, क्यानडा र अस्ट्रेलिया लगाएतका बिभिन्न शहरमा सफलताका साथ प्रदर्शन भईसकेको ‘मुटु’ले मायाको यथार्थ अर्थ दिने बताईन्छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu