‘सिनेमा क्लब’ सञ्चालनमा | चलचित्रको विकासलाई योगदान पुर्याउने



[one_half last=”no”]cinema--club[dropcap][/dropcap]म्पुर्ण निर्देशकहरुको छाता संगठन ‘नेपाल चलचित्र निर्देशक समाज’ले शुक्रवारबाट ‘सिनेमा क्लब’ सञ्चालनमा ल्याएको छ । समाजले नेपाल सरकारका सञ्चारमन्त्री माधव प्रसाद पौडेलले उद्घाटन गरेर बिधिवत रुपमै ‘सिनेमा क्लब’ सञ्चालनमा ल्याएको हो । [/one_half]

सिनेमा क्लबको उद्घाटन गर्दै सञ्चारमन्त्री पौडेलले ‘क्लबले समग्र चलचित्र क्षेत्रको विकासलाई योगदान पुर्याउने’ बिश्वास ब्यक्त गरे ।

अब यो सिनेमा क्लबमा हरेक हप्ताको शुक्रवार कुनै न कुनै चलचित्र देखाईने छ । निर शाह निर्देशित फिल्म ‘मसान’ प्रस्तुत गरेर उद्घाटन गरिएको यो क्लबमा नेपाली मात्रै नभइ, उत्कृष्ट विदेशी भाषाका चलचित्र समेत देखाईने समाजका अध्यक्ष दिनेश डिसीले बताए ।

निर्देशकको वौद्धिक क्षमतालाई वृद्धि गर्ने उद्धेश्यले यो क्लबलाई पुनः सञ्चालनमा ल्याईएको डिसीको भनाई छ ।

पूर्व अध्यक्ष केपी पाठकले सिनेमा क्लबलाई सञ्चालनमा ल्याएपनि केहि प्राबिधिक कारण देखाउँदै बीचमा बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu