नेवाः जागरण संकिपाद्वारा नायिका अशिष्मा नकर्मी सम्मानित



[one_half last=”no”]ashisma-nakarmi-samman
[dropcap]ना[/dropcap]यिका अशिष्मा नकर्मी शुक्रवार सम्मानित भएकी छिन् । अशिष्मालाई नेवाः जागरण संकिपा (चलचित्र) मञ्चले[/one_half]राजधानीमा एक कार्यक्रम गरी सम्मान गरेको हो ।

अशिष्माले नेपाल भाषाको फिल्मको श्रीवृद्धिमा पुर्याहएको योगदानको कदर स्वरुप सम्मान गरिएको आयोजकले बताएको छ ।

नेपाल सम्बत् ११३४ नयाँ वर्षको अवसरमा आयोजित “नेवाः संगीत नाइट तथा फुड फेस्टिभल” कार्यक्रममा आशिष्मालाई मञ्चका प्रमुख विजयरत्न तुलाधरले सम्मान स्वरुप ट्रफी प्रदान गरेका थिए ।

सम्मानित भईसकेपछी अशिष्माले यो सम्मानले आफुलाई चलचित्र क्षेत्रमा लागिरहन थप होसला मिलेको भन्दै चलचित्र क्षेत्रको आफ्नो यात्रा नरोकिने बताईन् ।

नायिका अशिष्मा लामो समयदेखी नेपाल भाषा तथा नेपाली भाषाका चलचित्रहरुमा अभिनय गर्दै आईरहेकी छिन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu