उर्लाबारीकी सोनीलाई मिस राईको ताज



[one_half last=”no”]miss-rai-sony-rai
२१ वर्षीया सोनी राई यो बर्षको ‘बराह ज्वेलरी मिस राई’को ताज पहिरन सफल भएकी छिन् । मोरङ उर्लाबारीकी सोनीले बिहिवार राजधानीमा सम्पन्न फाईनल चरणमा अन्य ११ प्रतियोगीलाई पछी पार्दै दोश्रो संस्करणको मिस राईको ताज जित्न सफल भएकी हुन् ।[/one_half]

ताज जिते सँगै सोनीले नगद ५० हजार सँगै एक थान सीटीभी मोबाइल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।

राई जातिमा महत्वपूर्ण मानिएको तीन चुलाका आधारमा बाँडिएको अवार्डमा क्रमशः रनर अप (वंशज चुलो) पाँचथरकी कला राई, फर्स्ट रनरअप (कुटुम्ब चुलो) खोटाङकी गमला राई र सेकेन्ड रनरअप (समाज चुलो) सुनसरीकी भावना राईले जितिन्।

रनरअपहरुले क्रमशः नगद २५ हजारसँगै सीटीभी मोबाइल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

गत बर्षबाट आयोजना गर्न सुरु गरिएको ‘मिस राई’ को पहिलो संस्करणको उपाधी ओखलढुंगाकी युमा राईले हात पारेकी थिईन्।

किराती सभ्यताको खोजीस्वरुप मिस राई प्रतियोगिता किरात राई मौलिक कला केन्द्रले आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu