अमेरिकाका २५ शहरमा ‘बितेका पल’



[one_half last=”no”]biteka-pal-33
[dropcap]वि[/dropcap]देश रिलिज अन्तर्गत नेपाली चलचित्र ‘बितेका पल’को पहिलो प्रदर्शन अमेरिकाको एटलान्टा शहरमा हुने भएको छ। १८ जनवरीमा हुने प्रदर्शनमा अमेरिकामा नै रहेका निर्माता क्रिश रिजाल पनि सहभागि हुने बताईएको छ। [/one_half]

सो प्रदर्शन शनीवार साँझ ८ बजे Ktm kitchen & Girll Clarkston मा हुने नेपालमै रहेका अर्का निर्माता राजेश घतानीले ठुलोपर्दा डटकमलाई बताए।

निर्माता घतानीले बताएअनुसार अमेरिकामा अहिले सम्म २५ ठाउँमा प्रदर्शन हुने सम्झौता भईसकेको छ।

अमेरिका लगाएत यूरोप/कोरिया/इजरायल/अष्ट्रेलिया/भारत लगाएतका देशहरुमा समेत प्रदर्शनको तयारी भइरहेको छ।

सुरज सुब्बा ‘नाल्बो’ निर्देशित ‘बितेका पल’मा केकी अधिकारी बाबु बोगटी र अभिनास गुरुङ्को मुख्य भुमिका छ। नेपालमा दोश्रो सातामा प्रदर्शन भईरहेको यो चलचित्रको चर्चा चुलिँदै गईरहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu