पराई हेर्न दर्शक दोहोरिँदै | निर्माता भन्छन्, ‘हल थपिए’



[one_half last=”no”]parai33
कसिलो कथा र प्रस्तुती भएको नेपाली चलचित्र ‘पराई’ गत साता अन्य तीन चलचित्रका साथ प्रदर्शनमा आएको थियो। ‘बितेका पल’, ‘छ एकान छ’ र ‘योद्दा’ सँगै पराई रिलिज भएको थियो।

यतिबेला दोश्रो सातामा सफलताका साथ प्रवेश गरिरहेको ‘पराई’ हेर्न दर्शक दोहोरिएको निर्माता तथा नायक गोबिन्द शाहिले बताएका छन्। शाहिका अनुसार राजधानीमा शनीवारदेखि अन्य केहि हल पनि थपिएका छन्। [/one_half]

‘पराई हेर्न दर्शक तीन पटकसम्म आउनुभएको छ, दिन बित्दै जाँदा अझ धेरै व्यापार हुँदैछ’ यो चलचित्रमा वितरक समेत रहेका निर्माता शाहिले बताए।

कथाबाट रुवाउन पनि हसाउँन पनि सक्ने स्व. शिव रेग्मी निर्देशित चलचित्र ‘पराई’मा निरज बराल, गोबिन्द शाहि, गरिमा पन्त, नन्दिता केसी लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ।

गम्भिर कथामा हाँसोको बहार ल्याउन सफल निर्देशक शिव रेग्मीको यो दोश्रो अन्तिम चलचित्र हो। आफ्नो सन्तती हेर्न नपाई निर्देशक रेग्मीको मृगौला रोगका कारण देहवसान भएको थियो।

यो साता सानो बजेटको ‘डफर्स’ रिलिज भएपनि सो चलचित्रले अघिल्लो साताका चलचित्रलाई फरक पारेको छैन। योद्दा बाहेक अन्य तीन चलचित्रले व्यापारिक सफलता पाईरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu