बलिउड नायिका प्रियंका चोपडा नेपाल आउने | फ्यानको स्वागत



priyanka-parbal
बलिउडकी सुन्दर नायिका प्रियंका चोपडा नेपाल आउने भएकी छिन् । प्रियंकाले आफ्नो अफिसियल टुइटर एकाउन्ट मार्फत नेपाल आउन लागेको जानकारी गराएकी छिन् ।

विश्वप्रसिद्ध नेपाली फेशन डिजाईनर प्रबल गुरुङलाई मेन्सन गर्दै प्रियंकाले जानवरी १७ मा गरेको ट्विटमा नेपालमा भेट्ने उल्लेख गरेकी छिन् । बिहिबार न्यूयोर्कको एक पार्टीमा प्रबलसंगको भेट पश्चात प्रियंकाले यस्तो ट्विट गरेकी हुन् । प्रियंकाले ट्विटमा प्रवलले तयार गरेका डिजाईनका ड्रेसमा खिचेका केही तश्विरहरु समेत सार्वजनिक गरेकी छिन् ।


उनको यो ट्विट पछी धेरै नेपाली फ्यानहरुले खुसी व्यक्त गर्दै उनलाई नेपालमा भेट्न आफुहरु आतुर भएको भन्दै ‘ नेपालमा स्वागत छ प्रियंका’ भन्दै उत्तर दिएका छन् ।

तर प्रियंकालाई कसले नेपालमा ल्याउंदैछ, अनि कहिले र के को लागी नेपाल आउँदैछिन भन्ने कुराको आधिकारिक जानकारी भने कसैले पनि गराएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu