‘सिटी क्राईम’को कथा भित्र ‘फिटकिरी’ | प्रोमो,पोस्टर तथा गीत सार्वजनिक



[one_half last=”no”]fitkiree
[dropcap]ने[/dropcap]पाली कथानक चलचित्र ‘फिटकिरी’को औपचारिक रुपमा प्रचारप्रसार सुरु भएको छ । आईतवार राजधानीमा यो चलचित्रको निर्माण युनिटले एक कार्यक्रमको आयोजना गरी यो चलचित्रको अफिसियल प्रोमो,पोस्टर तथा रिलिज मिती सार्वजनिक गर्दै आफ्नो चलचित्रको प्रचार-प्रसार सुरु गरेको हो ।

यो चलचित्र अब आउँदो चैत्र ७ गते देशव्यापी रुपमा रिलिज हुनेछ । पछिल्लो पटक ‘चपली हाईट’ निर्माण गरेर वाहिवाही कमाएका निर्माता अर्जुन कुमारले नयाँ निर्माता सुमित मैनालीसँग मिलेर यो चलचित्र निर्माण गरेका हुन् ।[/one_half]चलचित्र क्षेत्र सँगसम्बन्धित बिभिन्न व्याक्तित्वहरुको उपस्थिती रहेको सो कार्यक्रममा चलचित्रमा समावेश दुई गीत समेत प्रस्तुत गरिएको थियो । यो चलचित्रलाई चर्चित नाट्य निर्देशक अनुप बरालले निर्देशन गरेका छन् ।

चलचित्र ‘फिटकिरी’मा सौगात मल्ल, दिया मास्के, निश्चल बस्नेत, शान्ति गिरी, लक्ष्मी गिरी, धिरेन्द्र प्रेमर्शीलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

निर्माता अर्जुन कुमारले चलचित्रले मुख्यतः पछिल्लो समय बढ्दै गईरहेको ‘सिटी क्राईम’को कुरालाई आप्नो चलचित्रले उठान गरेको जानकारी दिए ।

कार्यक्रममा निर्माता अर्जुनकुमारले ओश्कार नै जितौंला भने चलचित्र नबनाएको भन्दै नेपाली चलचित्रहरुलाई नियमित हेरिदिएर माया गरिदिन दर्शकलाई आग्रह गरे ।

पछिल्लो चलचित्र ‘चपली हाइट’ मा सेक्सुअल कुरालाई उठाएका अर्जुनकुमारले यस चलचित्रमा भने ‘क्र्याइम थिलर स्टोरी’ देखाउन खोजेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu