आदिवासी जनजाति चलचित्र निर्माण बिषयमा कार्यशाला सुरु



ठुलोपर्दा डटकम। पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा “आदिवासी जनजाति चलचित्र निर्माण विषयक १० दिने कार्यशाला” सुरु भएको छ। आइतवार (माघ ५) सुरु भएको सो कार्यशाला चलचित्र विकास बोर्डबाट गठीत आदिवासी जनजाति मातृभाषा चलचित्र प्रवर्द्धन समितिले आयोजना गरेको हो।

आदिवासी जनजाति मातृभाषी चलचित्र तथा चलचित्रकर्मीहरुको प्रवर्द्धन गरी आदिवासी जनजातिहरूको भाषा, कला, संस्कार र संस्कृतिको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले आदिवासी जनजाति मातृभाषी चलचित्रकर्मीहरूको चलचित्र निर्माणमा पेशागत दक्षता अभिवृद्धि गर्नका लागि सो कार्यशाला गरिएको बताईएको छ।

aadibasi-workshop
स्थानीय स्तरको उल्लेख्य सहकार्यतामा “चलचित्र मार्फत आदिवासीको खोजी” अवधारणामा सो १० दिने कार्यशाला भएको हो। कार्यशाला पश्चात सहभागी प्रशिक्षर्थीहरुलाई १० वटा समुहमा विभाजन गरेर Globalization ले आदिवासी जनजातिको जनजीवनमा पारेको प्रभाव, परिवर्तित विज्ञान प्रविधिसँग Familiar हुन गर्नुपरेको संघर्ष, नयाँ पुस्तामा परम्परागत ज्ञान र सीपको हस्तान्तरण, नयाँ प्रविधिले परम्परागत ज्ञान र सीपमा पारेको प्रभाव, वैदेशिक रोजगारीको कारणले सामाजिक संरचनामा परेको नकरात्मक प्रभाव, Global warming, आदिवासी जनजाति समुदायमा महिला अधिकारको विषय, शहरीकरणमा तीब्रता, सूचना र सञ्चार प्रविधिको विश्वव्यापी प्रभाव तथा भूमण्डलीकरण स्थानीय स्तरमा पारेको प्रभाव र पाल्पाको पर्यटकीय प्रवर्द्धनात्मक लगाएतका बिषयमा लघु चलचित्रहरु बनाईनेछ।

उत्पादित लघु चलचित्रहरुमध्ये प्रथम, द्वितीय र तृतीय हुने चलचित्रहरुलाई बोर्डको हलमा माघ १८ गते आयोजना गरिने समापन समारोहमा पुरस्कृत गरिने बताईएको छ। उत्कृष्ट लघु चलचित्रहरुलाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागिताका लागि पठाइने छ। जसबाट वास्तविक नेपाली चलचित्रको अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व हुने वातावरण बन्न सहयोग पुग्ने बिश्वास लिईएको छ।

aadibasi-workshop1
आईतवार कार्यशाला उद्घाटन कार्यक्रममा कार्यक्रमको सभापतित्व ग्रहण श्री पृनाराज जोशी, कार्यक्रम संयोजक तथा आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका संयोजक पृनाराज जोशीको सभापतित्वमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष झक बहादुर थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र कुमार मोरवैता र पाल्पाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीको बिशिष्ट आतिथ्यता थियो। चलचित्र विकास बोर्डका सदस्य सचिब तथा सूचना तथा संचार मञ्त्रालयका उपसचिव फणिन्द्र गौतम पनि उद्घाटन कार्यक्रममा पुगेका थिए।

कार्यशालाका उदेश्यहरुः
(क) आदिवासी जनजाति चलचित्र निर्माणको शैली र प्रस्तुति सम्बन्धी प्रशिक्षण तथा अवधारणको जानकारी गराउने ।
(ख) आदिवासी जनजाति मातृभाषी चलचित्रकर्मीहरूलाई आदिवासीपन भएका चलचित्रको कथा, पटकथा लेखन तथा निर्माणमा अभिमुखीकरण गरी उनीहरूलाई व्यवायिक बनाउन अभिप्रेरित गर्ने ।
(ग) आदिवासी जनजाति मातृभाषीको विषयवस्तु, अहिले सम्म पर्दामा नउतारिएको कथा, नलेखिएको इतिहास, उपेक्षित गरीएका भाषा, धर्म, संस्कार र संस्कृतिलाई चलचित्रको माध्यमबाट भन्न वा प्रस्तुत गर्न अभिप्रेरित गरीने ।
(घ) आदिवासी जनजातिहरूको लोपन्मुख अवस्थामा रहेको भाषा, लिपि, साहित्य, कला–संस्कृति, धर्म, शिक्षा आदि बिषयमा चलचित्र निर्माण गर्न जनचेतनाको अभिवृद्धि गर्ने र चलचित्रको माध्यमबाट संरक्षण, सम्बद्र्धन र विकासको पहल गर्न अभिमुखी गर्ने ।
(ङ) आदिवासी जनजातिहरूको परम्परागत ज्ञान र सिपको प्रयोग सम्बन्धी चलचित्र निर्माण गर्न प्रेरित गराउने ।
(च) आदिवासी जनजाति मातृभाषाको चलचित्रमा आएको सबै प्रकारको अन्तरलाई नजिकबाट बुझ्ने र आदिवासी जनजाति चलचित्रकर्मीहरूलाई आगामी मार्ग तय गर्ने।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu