माघ १३ बाट अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै



[one_half last=”no”]film-society
[dropcap]ने[/dropcap]पाललाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना स्थलका रुपमा प्रवर्द्धन गर्न र नेपाली चलचित्रलाई समेत अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसारमा ल्याउने उद्देश्यका साथ[/one_half]काठमाडौंमा यही माघ १३ गतेदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । यो महोत्सव नेपाल फिल्म सोसाइटीले गर्न लागेको हो ।

रुसी साँस्कृतिक केन्द्र, कमल पोखरीमा हुने सो महोत्सव पाँच दिन सम्म चल्ने छ ।

महोत्सवमा नेपाल, भारत, दक्षिण कोरिया, स्पेन, इजरायल, फ्रान्स, नर्वे, दक्षिण अफ्रिका र रुसका गरी दस वटा चलचित्र प्रदर्शनी गरिने आयोजकले जानकारी दिएको छ ।

कुनै समय नेपाली समाजमा व्याप्त सती प्रथालाई विषयवस्तु बनाई तयार गरिएको नेपाली चलचित्र ‘झोला’को प्रदर्शनसँगै महोत्सव सुरु हुनेछ । प्रत्येक दिन दुई वटाको रुपमा क्रमशः नेपालसहित अन्य देशका चलचित्र पनि प्रदर्शन हुँदै जानेछन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu