‘सिनेमा लाईब्रेरी’ सुरु हुँदै | पहिलो सामग्री ‘फिटकिरी’को अडियो



dc
फिटकिरीको अडियो गीतको सिडी सहित डिसि

[dropcap]नि[/dropcap]र्देशक समाजका अध्यक्ष दिनेश डिसीले अध्यक्षमा निर्वाचित हुनासाथ भनेका थिए, मैले आफ्नो कार्यकालमा सकेसम्म राम्रो अनि उदाहरणिय कार्य गर्ने प्रयास गर्नेछु । बोलेको प्रायः कुराहरु कार्यान्वयन गर्नेमा ध्यान दिने डिसीबाट सो समयमा धेरैले आशा पनि गरेका थिए ।

सो समयमा भनेझैं अहिले अध्यक्ष डिसी निर्देशक समाजलाई जागरुक बनाउँदै बिभिन्न नयां कार्यहरु गर्ने देखी पुराना तथा रोकिएका कार्यहरुलाई पुनः सुचारु गर्नमा व्यस्त छन् । केहि दिन पहिले सञ्चारमन्त्री ल्याएर ‘सिनेमा क्लब’को उद्घाटन गराएका उनले निर्देशक समाजमा ‘सिनेमा लाइब्रेरी’ समेत स्थापना गर्न लागेको बताएका छन् ।

‘लाईब्रेरी’मा नयाँ तथा पुराना नेपाली चलचित्र, चलचित्रसँग सम्बन्धित ‘सिडी, ‘डिभिडी, ‘अडियो’, कलाकारले प्रयोग गर्ने पुराना पोशाक, पूराना क्यामेरा तथा स्क्रिप्ट लगायतका सामग्रीहरु राखिने भन्दै त्यसको सुरुवात चलचित्र ‘फिटकिरी’को अडियो राखेर गर्ने डिसीले बताए ।

चलचित्रसँग सम्बन्धित कुनै सामग्री खोज्नका लागी झन्झट नहोस् तथा एउटै ठाउँमा धेरै भन्दा धेरै चलचित्रका सामग्रीहरु संकलन होउन भन्ने हेतुले ‘सिनेमा लाईब्रेरी’ स्थापना गर्न लागेको डिसीले जानकारी दिए । अहिले नेपालको पहिलो चलचित्र कुन हो ? भन्ने कुरामा विवाद रहेकोले त्यसको टुंगो लाग्नासाथ ‘लाइब्रेरी’मा औपचारिक रुपमै चलचित्रहरु तथा यो सँग सम्बन्धित सामग्रीहरु राख्न सुरु गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu