इन्सपेक्टर बने सौगात, श्रीमतीले शंका गरेपछि तनावमा | भिडियो



[one_half last=”no”]
saugat-in-tention

[dropcap]ब्ल[/dropcap]कबस्टर चलचित्र ‘लुट’बाट हाकु कालेको अभिनयबाट एकाएक हिट भएका नायक सौगात मल्ल प्रहरी इन्सपेक्टर बनेका छन्।

चैत सात गते रिलिज हुने नेपाली चलचित्र ‘फिटकिरी’मा उनि इन्सपेक्टरको भुमिकामा देखिदै छन्।

सो चलचित्रको सार्वजनिक गीतमा उनको चरित्र प्रहरी मात्र नभएर श्रीमतीको शंकाले पिडित श्रीमान भएको अनुमान लगाउन सकिन्छ।

‘मायाको पहिरो …’ बोलको सो गीतमा उनलाई श्रीमतीले दिएको तनावमा देख्न सकिन्छ।[/one_half]सार्वजनिक गीतमा सो चलचित्रका निर्माता अर्जुन कुमारको स्वर तथा संगीत रहेको छ। गीतलाई भुपेन्द्र खड्काले लेखेका हुन्।

चर्चित नाट्यकर्मी अनुप बराल निर्देशित ‘फिटकिरी’ अपराधको कथामा बनेको बताईएको छ। अर्जुन कुमार र सुमित मैनालीले सो चलचित्रमा लगानी गरेका छन्।

चलचित्रमा सौगात मल्ल, दिया मास्के, शान्ति गिरी, लक्ष्मी गिरी र ‘लुट’का निर्देशक निश्चल बस्नेतको पनि भूमिका रहेको छ । यो चलचित्रलाई यज्ञशले लेखेका हुन्।

Watch the song here:

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu