राजेश, सुगम, जीतु, प्रकाश र रविको साथमा ‘सप्तरङ्ग २’ हुने



सातै प्रदेशमा ‘सप्तरङ्ग २’ हुने भएको छ । ‘सप्तरङ्ग’ को सफलतापछि यसको दोस्रो शृंखलालाई गर्न लगिएको राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै जानकारी गराइयो । आयोजक गृष्मा ब्रोर्ड कास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेले यसपटक नेपाल सरकारको अभियान ‘भिजिट नेपाल २०२०’ लाई समेत यस कार्यक्रमले टेवा पुर्याउने बताए ।

‘राष्ट्रियताको कुनै मुल्य हुदैन भन्ने’ सोचका साथ कार्यक्रमलाई निशुल्क गरिएको समेत उनले बताए । पहिलो शृंखलामा सद्भाव र ऐक्यवद्धतालाई केन्द्रमा राखेको आयोजकले दोस्रो सिजनको कार्यक्रमलाई पर्यटन प्रवर्धन र समुन्नति केन्द्रित गरेको छ । दोस्रो शृंखलाको लागि अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, हास्यकलाकार जीतु नेपाल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओड रहेका छन् ।

यिनले सातै प्रदेशमा पर्यटन प्रवर्धन र सम्मुनतिका लागि आफ्नो प्रस्तुति प्रस्तुत गर्ने आयोजित कार्यक्रममा जानकारी गराइयो । पहिलो सिजनमा सात प्रदेशविचको सम्बन्ध नागरिकस्तरमा सुमधुर बनाउन प्रभावकारी भएकाले दोस्रो सिजनमा देशका सातै प्रदेशमा सांगितिक यात्राको माध्यमबाट पर्यटकिय स्थानको प्रवर्धन र सम्भावनाको खोजी गरिने समेत जनाइयो । कार्यक्रमले संगीत र मनोरञ्जनका साथ स्थानिय कला संस्कृतिलाई उजागर गर्ने लक्ष्य राखिएको कार्यक्रम कार्तिक २० गते विर्तामोडबाट सुरु हुनेछ ।

विर्तामोडबाट सुरु भएको कार्यक्रम २२ गते विरगंज , २४ गते चितवन , २६ गते नेपालगञ्ज , २८ गते सुर्खेत , ३० गते महेन्द्रनगर र ४ गते पोखरामा पुगेर सकिनेछ । गत बिक्रम संवत २०७० सालमा ‘ढकाल सुमधुर साँझ’ गरेर इभेन्टमा पाइला टेकेको गृष्मा ब्रोर्ड कास्टिङले त्यसपछि भ्यालेन्टाइन नाइट , साकुरा नाइट , शुभयात्रा साँझ लगायतका कार्यक्रम गरिसकेको छ ।

राजधानीमा आयोजित कार्यक्रममा राजेश हमाल, सुगम पोखरेल, जीतु नेपाल, प्रकाश सपुत र रवि ओडको उपस्थिति रहेको थियो । कार्यक्रमको उदघाटन प्रदेश प्रमुखले गर्ने समेत उक्त अवसरमा जानकारी गराइयो । ‘सप्तरङ्ग २’ मा अफिसियल एमसीको रुपमा नरेश भट्टराई, विवेक खतिवडा र पूजन थापा रहेका छन् । कार्यक्रमलाई टिभीएस अपाचे मोटरसाइकलले टाइटल स्पोन्सर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu