कसरी आईटम गर्ल बन्ने भईन् नम्रता ?



[one_half last=”no”]namrata-sth[dropcap]ना[/dropcap]यिका नम्रता श्रेष्ठ पनि अब आईटम गर्ल बन्ने भएकी छिन् । सञ्चारकर्मी सुब्रत आचार्यले निर्देशन गर्न लागेको चलचित्र ‘अर्धकट्टी’मा नम्रताले आईटम नृत्य गर्न लागेकी हुन् । यो आईटम नृत्य नम्रताको पहिलो हुनेछ।

यो चलचित्रमा नम्रताले ‘क्या कमाल, बबाल छौ, हे नम्रता …’ बोलको गीतमा नृत्य गर्ने निर्देशक आचार्यले ठुलोपर्दा डाकमलाई बताए । [/one_half]

केहि बर्ष अगाडी ‘हे संगीता’ बोलको गीतले व्यापक चर्चा बटुल्न सफल भएको थियो, सोही सफलतालाई हेरेर यो चलचित्रमा पनि ‘हे नम्रता’ बोलको गीतमा नम्रतालाई नै आईटम नृत्य गराउन लागिएको बुझिएको छ ।

निर्देशक आचार्यले दिएको जानकारी अनुसार चलचित्र ‘अर्धकट्टी’ भित्रको पनि अर्को चलचित्रमा नम्रता नायिकाको रुपमा देखिदैछिन् ।

निर्देशक आचार्यले दिएको जानकारी अनुसार यो चलचित्रले आम मनिसको जीवन भोगाईको बिभिन्न रोमान्टिक पक्षलाई उठान गर्नेछ ।

प्रदिप कुमार उदयको निर्माणमा बन्न लागेको यो चलचित्रको अहिले राजधानीमा वर्कसप चलिरहेको छ । अहिलेसम्म चलचित्रमा नम्रतासँगै विल्सन विक्रम राई, गौरब पहाडी, रिश्ता बस्नेत, लगायतले अभिनय गर्ने टुंको लागिसकेको छ ।

माघको अन्तिम साताबाट फ्लोरमा जाने तयारीमा रहेको यो चलचित्रको कथा रञ्जित आचार्यले लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu