हेर्नुहोस्, आर्यन र मिरुनाको ‘च च हुई’ क्यारेक्टर पोस्टर



अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगर स्टारर चलचित्र ‘च च हुई’ आउँदो मंसिर ६ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउँदैछ । आर्यन र मिरुनाले पहिलो पटक अनस्क्रिन रोमान्स गरेका कारण यो चलचित्रको दर्शकमाझ व्यग्र प्रतिक्षा छ । चलचित्रको सार्वजनिक ट्रेलर र गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ ।

चार पोस्टरमा प्रेम अर्थात् आर्यन सिग्देल, भोला अर्थात् भोलाराज सापकोटा, संगीता अर्थात् मिरुना मगर र श्यामलाल अर्थात् माओत्से गुरुङ फिचर्ड छन् । क्यारेक्टर पोस्टरमा चारै जना कलाकारलाई कमेडी अन्दाजमा देख्न सकिन्छ । दुई बेकामी युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावमा चलचित्र केन्द्रित छ ।

जीवनको पिङमा मच्चिन खोज्दा आउने परिस्थितिलाई चलचित्रमा देखाइएको हो । फिल्ममा आर्यन र भोलाले हङकङ रिर्टन्स युवकको भूमिका निभाएका छन् । भने, मिरुना हिमाली भेगको युवतीको भूमिकामा छिन् । चलचित्रमा निर्देशन र सम्पादन साम्तेन भुटियाको रहेको छ । चलचित्रमा पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको पनि अभिनय छ ।

रोमान्टिक-कमेडी जनरामा तयार भएको यो चलचित्रलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । सुशन प्रजापतिको छायांकन रहेको चलचित्रमा सिजन दाहाल र सन्देश अर्याल पटकथा छ । चलचित्रका गीतमा राजनराज शिवाकोटी र रोशन थापाको संगीत छ । ‘च च हुई’ मा श्री श्रेष्ठको द्वन्द र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu