काठमाण्डौमा एक मिनेटका चलचित्रको महोत्सव हुँदै



[one_half last=”no”]60-second-film[dropcap]का[/dropcap]ठमाडौंमा फेरी अर्को ‘छोटो चलचित्र महोत्सव’ हुने भएको छ । इन्टरफेस नेपालको आयोजनामा आयोजित ६० सेकेण्ड सर्ट फिल्म फेस्टिभल यही माघ १० गते शुक्रवार हुने छ ।  थिएटर भिलेजमा हुने फेस्टिवल दिउसो १ बजे शुरु हुने बताईएको छ ।

सो महोत्सवमा एक मिनेटमा तयार गरिएका विभिन्न सन्देशमूलक ५४ वटा चलचित्र प्रदर्शन गरिने छ । युवाहरूलाई सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा सकारात्मक सोच फैलाउन यस्ता चलचित्रको प्रदर्शनी गर्न लागेको आयोजकले जनाएको छ ।

महोत्सवमा देशका विभिन्न स्थानका जाति समुदायका मौलिक[/one_half]कला, संस्कृति तथा परम्परालाई समेटिएको र यस किसिमको चलचित्रले मानिसको व्यस्त समयमा अधिकतम सूचना तथा सन्देश प्रवाह गर्ने विश्वास आयोजकले लिएको छ ।

अन्तिम प्रतिस्पर्धाका लागि छानिएका ४८ वटै फिल्म फेस्टिवलमा देखाइने छ । फिल्म प्रदर्शन पश्चात निर्णायक मण्डलले छनौंट गरेका पहिलो, दोस्रो र तेस्रो हुने फिल्महरुले क्रमश २५ हजार, १५ हजार र १० हजार प्राप्त गर्नेछन्।

त्यसैगरी जुरी अवार्ड अवार्ड र भोटिङमा सवैभन्दा बढी मत प्राप्त गरेको फिल्मलाई पब्लिक च्वाईस अवार्ड प्रदान गरिने छ। अनलाईन भोटिङ गत पुष २ देखि २१ सम्म चलेको थियो ।

नगद पुरस्कारका साथै यी पाँचै विजेताले सिम्रिक एयरका तर्फबाट माउन्टेन फ्लाईटमा जाने अवसर पनि पाउने छन् ।

आफू वरपरका समसामयिक विषय लिएर युवालाई लक्षित गरि आयोजना गरिएको फेस्टिवलका लागि गत मंसिर २५ सम्ममा विभिन्न विधाका ६० सेकेण्ड अवधि भएका छोटा फिल्महरु बुझाउन आह्वान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu