चलचित्र वितरणमा होमियो ‘पासवर्ड’ निर्माण कम्पनीं



बलिउड अभिनेत्री सन्नी लियोनले नृत्य गरेको नेपाली चलचित्र ‘पासवर्ड’ निर्माण गरेको कम्पनीले अब चलचित्र वितरणमा हात हालेको छ । ए.वि इन्टरनेशनल प्रा.लिले नेपाली र हिन्दी चलचित्र नेपाल र विदेशमा वितरण गर्न लागेको हो । निर्माण कम्पनीले बुधबार एक विज्ञप्तीमार्फत् यस विषयमा जानकारी गराएको हो ।

‘नेपाली चलचित्रसँग जोडिएर अगाडि बढ्ने क्रममा ए.वी इन्टरनेशनलले अब फिल्म वितरण पनि गर्ने भएको छ’, कम्पनीका प्रबन्ध निर्देशक अजित केआर थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘यसै शुक्रबार बलिउड चलचित्र ‘मरजावा’ नेपालमा वितरणको जिम्मा लिएर औपचारिक रुपमा वितरकका रुपमा समेत पाइला चलेका छौं ।’

ए.वी इन्टरनेशनलले वर्षमा दुईवटा फिल्म निर्माण गर्ने पनि विज्ञप्तीमा भनिएको छ । यो कम्पनीले निर्माण गरेको दोस्रो चलचित्र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ । सुदर्शन थापा निर्देशित चलचित्रमा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको प्रमुख भूमिका छ । यो चलचित्र यसै वर्ष प्रदर्शन आउने बताइएको छ ।

वर्षमा दुईवटा स्तरीय फिल्म निर्माण गर्ने र ती चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्नु कम्पनीको उद्येश्य रहेको विज्ञप्तीमा उल्लेख छ । नेपाली चलचित्रको विकासका लागि चालेको यो कदममा चलचित्रकर्मीबाट साथ र सहयोग मिल्नेमा कम्पनीको विश्वास छ । ए.वी इन्टरनेशनलले चाँडै अभिनेत्री सन्नी लियोनीलाई लिएर बलिउड चलचित्र बनाउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu