‘ए मेरो हजुर ४’ मा अनमोल पक्का, पर्दामा सुहानासँग जोडी



नाम नै ब्रान्ड बनिसकेको चलचित्र ‘ए मेरो हजुर’ को चौथो श्रृंखलामा अभिनेता अनमोल अनुबन्ध भएका छन् । शनिबार निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाले उनीसँग कागजी सम्झौता गरेका हुन् । यो चलचित्रमा निर्देशक थापाकी छोरी सुहाना यसअघि नै अनुबन्ध भैसकेकी छन् । अनमोलले पहिलो पटक एउटै नायिकासँग दोहोर्‍याएर काम गर्न लागेका हुन् ।

गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर ३’ पछि अभिनेता अनमोल आफ्नो होम प्रोडक्सनको चलचित्र ‘एन्टी हिरो’ गर्ने तयारीमा थिए । तर, योभन्दा अगाडि उनले साम्तेन भुटियाको चलचित्र ‘धुरौपे’ गर्ने निर्णय लिए । केही दिन अगाडि मात्र स्क्रिप्टमा चित्त नबुझेपछि यो चलचित्रबाट हात झिकेका अनमोलले शनिबार ‘ए मेरो हजुर ४’ साइन गरेका छन् । चलचित्रलाई झरना थापाले निर्देशन गर्नेछिन् ।


सुनिल कुमार थापाले निर्माण गर्ने चलचित्रमा सुहाना यसअघि नै अनुबन्ध भैसकेकी छन् । अनमोल र सुहानाको जोडी दर्शकले अत्याधिक रुचाएका कारण दोस्रो पटक सहकार्य गरिएको निर्देशक थापाले बताएकी छन् । सुहाना र अनमोल दुबै दोस्रो पटक एकअर्कासँग काम गर्न निकै उत्साहित छिन् । चलचित्रको माघ २० गतेबाट छायांकन सुरु हुनेछ । भने, आउँदो दशैंमा प्रदर्शन गर्ने तयारी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu