अडिससनबाट ‘चुरीफुरी’ का लागि कलाकार छानिँदै



निर्देशक ऋषिराज आचार्यको लेखन, निर्देशन र निर्माण रहने चलचित्र ‘चुरीफुरी’ को शुक्रबारबाट कलाकार छनोट कार्य सुरु भएको छ । शुक्रबार भएको पहिलो चरणको अडिसनमा दुई सयभन्दा बढी नयाँ अनुहारले सहभागिता जनाएका छन् । अडिसनमार्फत् ‘चुरीफुरी’ का लागि प्रमुख अभिनेता, अभिनेत्री र केही सह-कलाकार छनोट गरिने उनको भनाई छ । पहिलो चरणको अडिसनमा केही कलाकार छनोट गरिएको छ ।


केही दिनमा हुने दोश्रो चरणको अडिसनपछि चलचित्रका लागि सम्पूर्ण कलाकार छनोट हुने विश्वास आचार्यको छ । विदेशमा रहेका इच्छुक प्रतिभाले भिडियो क्लिप्सबाट अडिसन दिन सक्ने व्यबस्था मिलाइएको छ । पहिलो चरणको अडिसनमा निर्देशक ऋषिराज र संचारकर्मी तथा चलचित्र निर्देशक लक्ष्मण सुवेदी निर्णायकको रुपमा थिए । मंसिर तेश्रो साताबाट चलचित्रको छायांकन सुरु हुनेछ ।

‘ड्रिम गर्ल’ सँगै ‘मिस्टेक’, ‘सपना तिम्रो मेरो’, ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’ चलचित्रको क्याप्टेनसिप सम्हालिसकेका निर्देशक आचार्यले ‘चुरीफुरी’ कमेडी जनरामा बन्न लागेको बताए । चलचित्रबारे जानकारी दिँदै उनले भने, ‘चलचित्रको कथावस्तुमा निकै मेहेनत गरेका छौं । त्यसलाई पर्दामा उतार्न कुनै कसर छाड्ने छैनौ ।’ आरबी मुभीजको ब्यानरमा चलचित्र बन्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu