विपिन कार्कीलाई पुत्री लाभ



भर्सटायल अभिनेता अभिनेता विपिन कार्की छोरीको पिता बनेका छन् । उनकी श्रीमती रेश्मा कटुवालले सोमबार बिहान ६ बजेर ४२ मिनेटमा बल्खुस्थित बयोद्या अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । कार्की दाम्पत्यको पहिलो सन्तानको रुपमा छोरीको जन्म भएको हो । विपिनले ५ वर्ष अगाडि रेश्मासँग विवाह गरेका थिए ।

घरमा लक्ष्मीको रुपमा छोरीको आगमन भएकोमा अभिनेता विपिन कार्कीले खुसी व्यक्त गरेका छन् । उनले अहिले आमा र छोरी दुबैको स्वास्थ्य सामान्य रहेको जानकारी दिएका छन् । छोरीलाई काखमा लिएको तस्विर फेसबुकमा साझेदार गर्दै उनले लेखेका छन्, ‘उनी हाम्रो प्रेम र बन्धनको पहिलो उत्पादन हुन् । हामी उनको माता-पिताको रुपमा प्रसन्न छौं ।’

उनले छोरी सुनको दिल भएको एक सुन्दर र आकर्षक महिलाको रुपमा विकसित हुनेमा विश्वास व्यक्त गरेका छन् । विपिन छोरीसँग खुसी मुद्रामा देखिएको तस्विर सामाजिक सञ्जालमा साझेदार गरेर अहिले फिल्मकर्मी र प्रशंसकहरुले कार्की दाम्पत्यलाई बधाई दिइरहेका छन् । विपिनले छोरीको नाम सोचिरहे पनि अहिले नै कुनै नराखेको बताएका छन् ।

अभिनयमा पारंगत मानिन्छन्, विपिन कार्की । प्रत्येक चलचित्रमा फरक फरक भूमिका निभाउँदै आएका उनको पछिल्लो रिलिज चलचित्र ‘प्रसाद’ हो । यो फिल्ममा उनको अभिनय निकै रुचाइएको थियो । र, चलचित्र पनि हिट भएको थियो । उनले हालै चलचित्र ‘सेल्फी किङ’ को छायांकन भ्याएका हुन् । यसमा उनले एक हास्यकलाकारको भूमिका निभाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu