काठमाडौँ र पोखरामा जापानी फिल्म महोत्सव हुने



[one_half last=”no”]japanease-film-festival
[dropcap]जा[/dropcap]पानी कला, संस्कृति र सभ्यताबारे नेपालीहरुलाई परिचित गराउने उद्देश्यले नेपालमा जापानी फिल्म महोत्सवको आयोजना गरिने भएको छ । माघ १० गतेदेखि चल्ने उक्त महोत्सव काठमाडौँ र पोखरामा गरिने छ । [/one_half]

महोत्सव अन्तर्गत काठमाडौंको राष्ट्रिय नाचघरमा माघ १० गतेदेखि तीन दिनसम्म र पोखराको उद्योग वाणिज्य संघको हलमा माघ १८ गते एकदिन जापानी चलचित्र प्रदर्शन गरिने छ । ती चलचित्रको अङ्ग्रेजी भाषामा समेत भाषानुवाद हुने र पहिले आउने दर्शकलाई निःशुल्क प्रवेश गराइने जापानी दूतावासले जनाएको छ ।

सो महोत्सवबाट नेपाली जनताले नेपाली र जापानी चलचित्रबीचको समानता र अन्तरबारे तुलना गर्न पाउने छन् । यो महोत्सवले नेपाली दर्शकमाझ अन्तर्राष्टिय चलचित्रको बारेमा ज्ञान पुर्याउन समेत सघाउने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu