मंसिर २० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको क्राइम-कमेडी जनरामा निर्मित चलचित्र ‘माछा माछा’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘म्याडम म्याडम’ बोलको आइटम नम्बरमा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले ठुम्का लगाएका छन् । दुईलाई विजय बराल र अनोज पाण्डेले साथ दिएका छन् । गीतका गायक र संगीतकार अनुपम शर्मा हुन् ।

‘माछा माछा’ मा सौगात, विजय र अनोजका अलावा माओत्से गुरुङ, नम्रता श्रेष्ठ, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाललगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रका लेखक तथा निर्देशक सुनिल गुरुङ हुन् । उनको यो डेब्यू निर्देशित चलचित्र हो । तीन बेरोजगार युवाले पैसा कमाउन गर्ने दौडधुपमा चलचित्र आधारित रहेको उनले बताए ।
चलचित्रलाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन् । शिवराम श्रेष्ठले चलचित्र खिचेका हुन् । सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित ‘माछा माछा’ को सह-निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । चलचित्रमा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी छ । चलचित्रमा दयाहाङ अतिथी भूमिकामा छन् ।
गीत हेर्नुहोस् :-




