‘जोकर’ले राख्यो एक अर्ब अमेरिकी डलरको रेकर्ड



यो महिनाको सुरुमा कमिकमा आधारित चलचित्रमध्ये सबैभन्दा बढी कमाउने हलिउड चलचित्र बनेको ‘जोकर’ संसारभरि एक अर्ब अमेरिकी डलरभन्दा बढी कमाउने पहिलो ‘आर’ श्रेणीको चलचित्र बनेको छ ।

सन् २०१८ को ७८ करोड ५० लाख डलर कमाएको ‘आर’ श्रेणीको चलचित्र ‘डेडपुल-दुई’लाई उछिन्दै ‘जोकर’ एक नंबरमा आएको हो ।

‘जोकर’ चीनमा भने रिलीज भएको छैन । यो चलचित्र छ करोड २५ लाख डलरमा निर्माण भएको थियो । ओस्कार पुरस्कार जित्ने अनुमान गरिएको यो चलचित्रका निर्देशक टोड फिलिप्स हुन् ।

अमेरिकामा ‘आर’ श्रेणीको चलचित्रलाई १७ वर्षभन्दा कम उमेरका व्यक्तिले वयस्कसँग बसेर मात्रै हेर्न पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu