बन्दुक हातमा लिएर बीच सडकमा के गर्दैछन् बासु ?



रिसको झोँकमा एक व्यक्तिलाई ‘शुट’ गरि बन्दुक हातमै बोकेर बसिरहेका नायक बाशु पुडासैनी एकैछिनमा ‘फ्रेश’ भए। वरीपरि उक्त दृश्य हेर्नेको भिड थियो। अलमल्ल थिए धेरै। कतिले आफ्नो सिनियरलाई शुट गर्दियो भन्दै थिए। दृश्य थियो बालाजु औद्योगिक क्षेत्र भित्र एक सडकको।

bash-damdar
केहि समय पहिले छायांकनबाट बिश्राम लिएको नेपाली चलचित्र ‘दमदार’को छायांकन पुनः सुरु भएको छ। माथीको दृश्य सोहि चलचित्रको हो, जुन यतिबेला बाँकी रहेको काम सकाउन व्यस्त छ। कलाकार तथा प्राविधिकको समय अभावका कारण दश दिनको छायांकन बाँकी रहेकोले छायांकन गरिएको निर्देशक कमलकृष्णले ठुलोपर्दा डटकमलाई बताए।

यतिबेला बालाजु आसपासका क्षेत्र साथै बालाजु शुटिङ् स्टुडियोमा ‘दमदार’ छायांकन भईरहेको छ। नायक बाशु पुडासैनी, सबिन श्रेष्ठ तथा चन्द्र गौतम लगाएतका कलाकारहरुको दृश्य र आइटम गीत छायांकनको क्रममा छ। नायिका रेखा थापाको भुमिका भने पहिले नै छायांकन सकिएको थियो।

यसअघि काठमाण्डौ, हेटौँडा, मोरङ् तथा भारतको सिलुगुडीमा छायांकन गरिसकिएको छ। कमलकृष्णले निर्देशन गरिरहेको ‘दमदार’मा रोशन श्रेष्ठ, चन्द्र प्रसाद गौतम लगाएतले लगानी गरेका छन्। रेखा, सबिन, बाशुका साथै खलपात्रमा किरण थापाको पनि अभिनय रहेको छ। चन्द्र पन्तको द्वन्द्व निर्देशन, सौरभ लामाको छायांकन, निर्देशक स्वयंको संगीत तथा पटकथा एवं संवाद नवराज शर्माको रहेको छ।

‘दमदार’मा प्रहरीको दमदार कथालाई चलचित्रमा उतार्ने कोशिस गरिएको बताईन्छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu