पासपोर्ट बिना नै सुनिललाई अमेरिकाको भिसा !



बैकुण्ठराज पराजुली। हो, जुनकुनै देशको नागरिक पनि यदी आप्नो देश छाडेर अर्को देश जान चाहँदै गर्दै आफ्नो देशको (राहदानी) पासपोर्टको जरुरत पर्छ । तर नेपाली चलचित्रका निर्माता सुनिल मानन्धरलाई आज यस्तो अनुभव भयो कि उनलाई पासपोर्ट बिना नै अमेरिकाको भिसा लागे जस्तो भो ।

हालसम्म पनि नेपाली राहदानी नबनाएका सुनिलले आज आफु निर्मित चलचित्र ‘मोक्ष’को प्रिमियरमा सबै तिरबाट वाहीवाही पाएपछी ठुलोपर्दासँग भने, ‘म त अहिले सम्म पनि राहदानी नबनाएको मान्छे तर आज चलचित्र राम्रो बनेको भन्दै सबैको तारिफ पाउँदा पासपोर्ट बिना नै अमेरिकाको भिसा लागे जस्तो भएको छ।’

बिहिवार बिहान राजधानीमा गरिएको प्रिमियरमा यो चलचित्रलाई सबै दर्शक तथा सञ्चारकर्मीले उत्कृष्ट चलचित्र बनेको भन्दै निर्माता सुनिल र निर्देशक प्रविण श्रेष्ठको खुलेर तारिफ गरेका थिए । यो चलचित्र निर्देशक प्रबिणकै जीवन कथामा आधारित रहेर तयार भएको छ ।

sunil-manandhar-moksha
चलचित्र हेरिसकेपछी सबैजसो दर्शकले हेरुन्जेल कुनै पनि ठाउँमा पट्यार लाग्दो दृश्य नभेटिएको भन्दै यो चलचित्रले नेपाली चलचित्र उद्योगमा झनै सम्भावना देखाएको प्रतिक्रिया दिएका थिए । यो चलचित्रमा गायक तथा नायक कोशिस क्षेत्री र नायिका बेनिसा हमाल लिड रोलमा छन भने बिक्रम सिंह, दिपेश भण्डारी, मनिष गोदार, दुर्गा बराईली, बसन्त भट्ट, रश्मी भट्टको पनि अभिनय रहेकोछ ।

चलचित्रलाई कतिपय दर्शकले बलिउडका चलचित्रसँग तुलना गर्न मिल्ने चलचित्र बनेको तर्क समेत गरेका छन् । धेरैले ‘मोक्ष’मा निकै उत्कृष्ट कथा रहेको भन्दै नेपाली चलचित्रमा पनि अब स्तरियता बढ्दै गएको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu