इन्टरनेट दुनियामा छिरे जिवन लुईँटेल



Jiwan-luitel
कुनै पनि नेपाली सेलिब्रेटी तथा अन्य जो कोही व्याक्तिको बारेमा पनि कुनै कुरा खोज्नु पर्यो भने हैरानी नै खेप्नु पर्न सक्छ । कसैकसैको त बिगत खोज्दा मुश्किलले मात्र पाईन सक्छ । तर नेपाली नायक जिवन लुईंटेल तथा उनको सबै बायोग्राफी अब एकै ठाउँमा पाईने भएको छ ।

पछिल्लो समय विश्वबजारमा छ्यापछ्याप्ती जस्तै बनेपनि नेपालमा खासै प्रयोगमा नआएको प्रविधिको सदुपयोग गर्दै नायक लुईंटेलले आफ्ना बारेमा सम्पूर्ण जानकारी उपलब्ध हुने ‘एप्स’ सार्वजनिक गरेका छन् ।

बिहिवार राजधानिमा एक कार्यक्रमको आयोजना गरि नायक लुईंटेलले एन्ड्रोइड मोबाइलमा उपलब्ध हुने किसिमको एप्स सार्वजनिक गरेका हुन् । चलचित्र पत्रकार संघका अध्यक्ष विदूर गिरीले कम्प्युटरको माउस क्लिक गरेर एप्सको बिधिवत रुपमा सार्वजनिक गरेका थिए ।

अब मात्र एन्ड्रोइड मोबाइलमा Jiwan Luitel सर्च गरी एप्स डाउनलोड गर्न सकिनेछ । उक्त एप्समा जीवनको जन्मकालदेखी हालसम्मको सबै कुरा पाउन सकिनेछ ।

जीवनले आफ्नो १२ बर्षे फिल्म करिअरमा सिल्भर जुब्ली (२५ औं) जस्तै बनेको चलचित्र ‘ब्ल्याक एण्ड हवाइट’मा अनुबन्धन भएको अवसरमा एप्स लञ्च गरेको बताए । यो एप्स अहिलेलाई एन्ड्रोइड मोबाईलमा मात्र ल्याएको भए पनि छिट्टै नै आइफोनका लागि पनि तयार हुने पनि उनले जानकारी दिए ।

यो एप्स सार्वजनिक भएसँगै अब नायक जीवन लुईंटेलको बारेमा सम्पुर्ण कुरा गुगल सर्चको आधारमा अथवा उनको पर्सनल वेभसाईट: www.jiwanluitel.com मार्फत पाउन सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu