आज ६० सेकेन्ड सर्ट फिल्म फेस्टिभल हुँदै



60-second-film1शुक्रवार काठमाडौमा ६० सेकेन्ड सर्ट फिल्म फेस्टिभल हुँदै छ । एक दशकदेखि अधिकारका लागि संचार अभियान अन्तर्गत क्रियाशील संचार संस्था इन्टरफेस नेपालद्वारा आयोजित फेस्टिभल लाजिम्पाट, उत्तरढोकास्थित थिएटर भिलेजमा हुने छ ।

अन्तिम प्रतिस्पर्धाका लागि छानिएका ४८ वटै फिल्म फेस्टिभलमा देखाइने छ । फेस्टिभलमा निर्णायक मण्डलले छनौट गरेका पहिलो, दोस्रो र तेस्रो हुने फिल्महरुले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यसैगरी जुरी अवार्ड र भोटिङमा सबैभन्दा बढी मत प्राप्त गरेको फिल्मलाई पब्लिक च्वाइस अवार्ड प्रदान गरिने छ ।

नगद पुरस्कारसहित उत्कृष्ट पाँचै विजेताले सिम्रिक एयरका तर्फबाट माउन्टेन फ्लाइटमा जाने अवसर पनि पाउने आयोजक इन्टरफेस नेपालका कार्यकारी निर्देशक दीलभूषण पाठकले जानकारी दिनुभयो ।

फेस्टिभलमा देश भित्र र बाहिरबाट राजनीति, निर्वाचन, गरिबी, द्वन्द्व, वातावरण, चाडपर्व, कला, संस्कृति, पर्यटन, शिक्षा, फिक्सन, अपाङ्गता अधिकार, लोडसेडिङ, कृषि, ब्यङ्ग्य, बालबालिका, बेरोजगार लगायत देशको विविधता÷समस्याहरु झल्कने फिल्महरु प्रदर्शन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu