चर्चित कथा ‘झोला’को चलचित्र माघ २४ बाट



साहित्यकार कृष्ण धरावासीको बहु-चर्चित कथा ‘झोला’ मा आधारित चलचित्र ‘झोला’ यहि माघ २४ गतेबाट प्रदर्शनमा आउँदै छ । नेपालमा यथार्थ घटनामा आधारित भन्दै कम मात्र चलचित्र निर्माण हुने गर्छन् । यो क्रममा चलचित्र ‘झोला’ कुनै समय नेपालमा जरो गाडेर रहेको सती-प्रथाको परिबेशलाई जोडेर निर्माण गरेको चलचित्र हो । जुन चलचित्रले कुनै एक कालखण्डको नेपाली समाजको यथार्थतालाई चित्रण गरेको छ ।

केहि समय पहिले काठमाडौंमा प्रिमियर भएपश्चात सबैतिर बाट राम्रै तारिफ पाएपछी मख्ख बनेका नायक तथा निर्माता राज तिमिल्सिना चलचित्र प्रदर्शनपछी पनि दर्शकको राम्रो साथ पाउनेमा बिश्वस्त छन् । प्रिमियरमा राजनीतिक दलका नेता देखी चलचित्रकर्मी सहित अन्य प्रवुद्ध व्याक्तित्वहरुले समेत झोला निकै उत्कृष्ट चलचित्र बनेको प्रतिक्रिया दिएका थिए ।

jhola-5
धरावासीको कथा ‘झोला’लाई यादव भट्टराईले निर्देशन गरेर पर्दामा उतारेका हुन् । राजसँगै रामगोपाल थापा र सुशिल शाहको लगानीमा तयार भएको यो चलचित्रमा नायिका गरिमा पन्त कुनै समय श्रीमानको निधन पश्चात ‘सती’ जानुपर्ने नेपाली महिलाको भुमिकामा छिन् । यसअघी नै राम्रो अभिनय गरेकी भनेर चर्चामा आएकी गरिमालाई चलचित्र पर्दामा आएपछी पनि दर्शकले साथ दिने अपेक्षा गरिएको छ ।

बुढेसकालमा आफुभन्दा चालिस बर्ष कान्छी श्रीमती बिवाह गरेर बच्चा जन्माएका वृद्दको देहान्तसँगै श्रीमतीले सति जानुपर्ने कथामा ‘झोला’ बनेको छ । चलचित्रमा गरिमा पन्तसँगै देशभक्त खनाल, लक्ष्मी गिरी, दीपक क्षेत्री, सुजल नेपाल (बाल-कलाकार), प्रह्लाद खतिवडा, रामगोपाल थापा लगाएतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्रलाई दिपक बज्राचार्यले खिचेका हुन् भने संगीत जेसोन कुँवरको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu