पहिलो चलचित्रबाट नै चर्चामा जनकदिप



यहि माघ १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘प्रोड्युसर’ अहिले चर्चामा छ । पुर्णतः कमेडी बेसमा तयार भएको यो चलचित्रले नेपाली सिने बजारमा कुनै न कुनै रुपमा नयाँ आयाम थप्ने धेरैको अनुमान छ ।

राजकुमार राई तथा ज्योती राईको निर्माणमा तयार भएको यो चलचित्रलाई जनकदिप पराजुलीले निर्देशन गरेका छन् । यो चलचित्र निर्देशक पराजुलीको ठुलोपर्दाको लागी डेब्यु चलचित्र पनि हो । मुख्यतः चलचित्र भित्रकै कथालाई समेटेर तयार भएको यो चलचित्र निर्माण गर्ने सोचमा पुग्दाको समयको निर्देशक पराजुलीसँग रमाईलो अनुभव छ ।

janak-deep-producer
सञ्चार क्षेत्रमा कार्यरत निर्देशक पराजुली कुनै एक टेलिभिजनको व्यबस्थापन तथा कार्यक्रम प्रमुख थिए । त्यसपछी त्यो काम पनि छाडेका उनी खाली जस्तै भए । सोही समयमा उनका हितैसी मित्रहरुले मिडिया बुझेको मान्छे यत्तीकै बस्नु हुँदैन, एउटा चलचित्र गरौं भनेपछी अनी बल्ल चलचित्र निर्देशन बारे सोचेको तर्क गर्छन् ।

त्यसपछी ‘प्रोड्युसर’को स्क्रिप्ट पढेपछी राम्रो लागेर अनि स्कृप्टमा नै केहि संभावना देखेको ले नै यो चलचित्र निर्देशन गर्न को लागी पाईला अघी बढाएको बताउँछन् । अहिले चलचित्रको प्रचार-प्रसारमा व्यस्त पराजुली आफुले सुरुमा सोचे जस्तै चलचित्र कमेडी , राम्रो तथा चलचित्र साँच्चिकै चलचित्र जस्तो बनेको ले दर्शकले मन पनि पराई छाड्नेमा ढुक्क पनि छन् ।

यो चलचित्रमा श्याम अर्याल, बाबु बोगटी, श्वेता भट्टराई लगायतको मुख्य अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu