‘छ एकान छ’ युट्युबमा राखेर उधुम मच्चाउने पक्राउ



[one_half last=”no”]chha-ekan-chha-piracy1
[dropcap]प्र[/dropcap]दर्शनको तेश्रो सातामा चलिरहेको नेपाली चलचित्र ’छ एकान छ’ युट्युबमा आएपछि निर्मातालाई बिहिबार बेलुका देखी तनाव भयो। निर्मल शर्मा, दिपकराज गिरी, दिपाश्री निरौला र निर्देशक दिनेश डिसीलाई रातभर निद्रा लागेन। तर, उजुरीको चौबिस घण्टा नहुँदै दोषी पक्राउ परे। भिडियो युट्युबबाट हटाईयो।[/one_half]

शुक्रबार दिउसो अकस्मात पत्रकार भेटघाट गरि चलचित्र युनिटले पक्राउ गरि कारबाहि थालिएको जानकारी गरायो। काठमाण्डौको बाफलमा बसेर १२ कक्षा अध्ययन गर्दै गरेका काभ्रेका २० बर्षिय सन्दिप मगर पक्राउ परेका हुन्। आफुले साईबर अपराध सम्बन्धि कानुन थाहा नै नपाएर फिल्म युट्युबमा अपलोड गरेको बताएको निर्माता तथा कलाकार दिपकराज गिरीले बताए।

प्रारम्भिक निवेदनमा पचास लाख क्षतिपुर्ती सहित हदैसम्मको कारबाहिको माग गरिएको गिरीले बताए। तर केहि व्यक्तित्वसँगको छलफलपछि त्यसमा पुनर्विचार गर्न पनि सकिने उनले बताए।

कलंकी हलबाट मोबाईलमा खिचि अपलोड गरेको मगरले बताएको जनाईएको छ। चलचित्रका मुख्य-मुख्य दृश्य समावेश गरि सन्दिपले करिव पचास मिनेट लामो भिडियो अपलोड गरेका थिए। सिनेमा पाईरेसी नेपालमा अपराध मानिन्छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu