हलिउड अभिनेता ड्यानी एलोको निधन



हलिउड चलचित्रका चर्चित अभिनेता ड्यानी एलोको निधन भएको छ । ८६ वर्षका उनी पछिल्लो केही वर्षयता विरामी थिए । कयौं चलचित्रमा सहायक भूमिका निभाएर उनले ठूलो उपलब्धि हासिल गरेका थिए ।

७० को दशकमा रिलिज भएको ब्लकबस्टर ग्याङस्टर चलचित्र ‘गडफादर २’ मा ड्यानी एलोको अभिनय निकै रुचाइएको थियो । यो चलचित्रका अलावा उनले कयौं पपुलर टिभी सोजमा काम गरेका थिए ।

परिवारको तर्फबाट बीबीसीलाई दिएको स्टेटमेन्टमा भनिएको छ, ‘हामीले निकै दुःखका साथ यो भन्नुपरेको छ कि ड्यानी एलोको विरामीको कारण निधन भएको छ । यो दौरान परिवारले गोप्यताको माग गरेका छ र सर्भिस अरेन्जमेन्ट्सको घोषणा चाँडै परिवारद्वारा गरिनेछ ।’

फिल्ममेकर केविन स्मिथले ड्यानीको निधनप्रति शोक व्यक्त गर्दै चलचित्र ‘डू द राइट थिङ’ मा निभाएको उनको चरित्रको याद गरेका छन् । ड्यानीले ‘ब्याङ द ड्रम स्लोली’, ‘वन्स ओपन अ टाइम इन अमेरिका’, ‘द पर्पल रोज अफ काइरो’, ‘हडसन हक’ लगायतका चलचित्रमा काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu