जीन्दगीका घुम्ती पार गरे सफल हुने नागबेलीको सन्देश | भिडियो



[one_half last=”no”]naagbeli
[dropcap]वि[/dropcap]भिन्न ठाउँबाट राजधानी काठमाण्डौ आई आफ्नो सपना साकार बनाउने लक्ष्यसहित संघर्षरत चार युवाको कथामा बनेको नेपाली चलचित्र ‘नागबेली’को प्रोमो सार्वजनिक भएको छ।

शुक्रवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा साढे दुई मिनेट लामो प्रोमो देखाईएको हो। प्रोमो हेरिसकेपछि जीन्दगीका घुम्ती पार गर्दै जाँदा सफल भईने सन्देश भेटाउन सकिन्छ।

चलचित्रले काठमाण्डौलाई समुन्द्रसँग तुलना गर्दै चार युवाहरु त्यहि समुन्द्रमा तैरिने र डुब्ने भईरहेको कथालाई मुल मुद्दा बनाएको बताईएको छ। ठाउँ-ठाउँका घुम्ती र घुमाउरा अड्चनहरुले पार्ने समस्या जस्तै चार युवकको जीवनमा आएका समस्याको कथामा ‘नागबेली’ बनेको पत्रकार सम्मेलनमा जनाईयो।

दुई दशकदेखी कलाकर्म र नृत्य निर्देशनमा सक्रिय गोबिन्द राईले यसै चलचित्र मार्फत निर्देशनमा डेब्यु गरेका छन्।[/one_half]पत्रकार तथा चलचित्र समिक्षक दिपेन्द्र लामाले लेखेको ‘नागबेली’लाई चेलीमाईती इन्टरनेशनल फिल्म्स् प्रालिको ब्यानरमा  रोमियन चेम्जोङ्ले निर्माण गरेका छन्। लामाले पनि यसै चलचित्रबाट चलचित्र लेखनमा पाईला चालेका छन्। नायक सम्भव श्रेष्ठको पनि यो चलचित्र डेब्यु चलचित्र हो।

दयाहाङ् राई, विक्की मल्ल, यशराज, सम्भव श्रेष्ठ, हर्षिका श्रेष्ठ, सुरबी जैन बिष्ट, अशोक फुयाल्, नीर शाह, रुपा राना, लुनिभा तुलाधर, सिपी पौडेल, शिशिर राणा, दिनेश दुलाल आदि कलाकारहरुले यो चलचित्रमा अभिनय गरेका छन्। ‘नागबेली’मा रामशरण उप्रेतीको छायांकन, बिपिन मल्लको सम्पादन, बीबी अनुरागी/शीतल मोक्तान/रुद्र बोहराको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, कमल राई/गोविन्द राईको नृत्य, शीतल मोक्तान/यशोधाका गीत तथा मोहित मुनालको पार्श्व संगीत रहेको छ।

Watch the promo here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu