सनीको ‘फाइट अफ फ्यूरी’ को ट्रेलर रिलिज (भिडियो)



नेपाली चलचित्र ‘गोर्खा रक्षक’ निर्माता तथा मार्सल आर्टका अन्तर्राष्ट्रिय खेलाडी सनी बीले निर्माण गरेको हलिउड चलचित्र ‘फाइट अफ फ्यूरी’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर एक्सनले भरिएको छ । चलचित्रमा सनी स्वयं प्रमुख भूमिकामा छन् ।

मानव तस्करीको कथामा निर्माण भएको चलचित्रको ट्रेलर सार्वजनिक भए पनि प्रदर्शन मिति भने घोषणा गरिएको छैन । २०२० भित्र चलचित्र प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ । चलचित्रको लेखन तथा निर्देशन सनी स्वयंले गरेका हुन् । उनी चलचित्र उत्कृष्ट बनेको दाबी गर्छन् ।

सनीसँगै चलचित्रमा कार्ल भेन मिटेर, जोसेफ ली माइकल, बसिल मास्टर्सलगायतका कलाकारहरुको अभिनय छ । ओरल्यान्डो गुइटिरेजको छायांकन रहेको ‘फाइट अफ फ्यूरी’ लाई अमृत नेपालले सम्पादन गरेका हुन् । बी किक फिल्मस्को ब्यानरमा बनेको चलचित्रमा संजय श्रेष्ठको संगीत छ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu